मेष ♈ :

आजको दिन शुभ रहनेछ। बोल्दा भने सावधानी अपनाउनुहोस्। राजनीतिक क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। महत्त्वपूर्ण नियुक्तिको अवसर प्राप्त हुन सक्छ। विद्यार्थीका लागि पनि दिन सफल रहनेछ।

वृष ♉ :

आजको दिन सामान्य रहनेछ। विरोधीहरू सक्रिय हुने भएकाले काम गर्दा सतर्क रहनुहोस्। आफन्त वा साथीहरू विपक्षमा उभिन सक्छन्। पश्चिमतर्फको लामो यात्रा नगर्नु उचित हुनेछ। अध्ययनमा थप मिहिनेत आवश्यक देखिन्छ।

मिथुन ♊ :

आज भाग्यको साथ मिल्नेछ। सोचेका काम सफल हुने सम्भावना छ। गुरु वा वरिष्ठ व्यक्तिसँगको भेटले मनमा शान्ति ल्याउनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तर, हरेक काममा मिहिनेत जारी राख्नुपर्छ।

कर्कट ♋ :

दिन सामान्य छ। साथीभाइहरू नै विरोधमा सक्रिय हुन सक्छन्। विश्वास गरेका व्यक्तिहरूबाट निराशा मिल्न सक्छ। पश्चिमतर्फको लामो यात्रा टार्नु राम्रो हुनेछ। अध्ययनमा थप ध्यान दिन आवश्यक छ।

सिंह ♌ :

आज व्यापारमा लगानीबाट लाभ हुने दिन हो। अध्ययनमा केही ढिलाइ भए पनि स्वास्थ्यमा सुधार हुनेछ। परिवार र समाजमा तपाईंको प्रशंसा बढ्नेछ। प्रेम सम्बन्धमा पनि सुमधुरता आउनेछ।

कन्या ♍ :

आज व्यवहारिक जिम्मेवारी बढ्नेछ। आफन्त वा परिवारका कारण काममा केही अवरोध आउन सक्छ। शिक्षामा सुधार हुने सम्भावना छ। तर प्रेम सम्बन्धमा विवाद वा तिक्तता बढ्नसक्छ।

तुला ♎ :

परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ। धार्मिक वा सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने योग छ। प्रेम सम्बन्ध पनि मधुर रहनेछ।

वृश्चिक ♏ :

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। तपाईंका योजना सफल बन्ने सम्भावना छ। गुरुजनको सल्लाह र साथ लिएर अघि बढ्नु लाभदायक हुनेछ। परिवारका कुरा गर्दा भने सोचविचार गरेर बोल्नुहोस्, धोका हुनसक्छ।

धनु ♐ :

खर्च बढ्ने सम्भावना छ। अनावश्यक खर्चका कारण तनाव हुन सक्छ। यात्रा नगर्नु राम्रो हुनेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नाले मनमा शान्ति मिल्नेछ।

मकर ♑ :

धनलक्ष्मी योग परेको दिन हो। आर्थिक रूपमा सशक्त बन्न सकिनेछ। स्वदेशमै रोजगारीका अवसर देखिनेछन्। स्वास्थ्य र शिक्षामा गरेको लगानी लाभदायक हुनेछ। राजनीतिक क्षेत्रमा पनि उन्नति सम्भव छ।

कुम्भ ♒ :

साथीसँगको भेटले मन प्रशन्न बन्नेछ। तपाईंको राशिमा चन्द्रमा रहेकोले सोचेका काम सफल हुनेछन्। खानपानमा लापरबाही नगर्नुहोस्, स्वास्थ्यमा असर पर्न सक्छ।

मीन ♓ :

अनावश्यक खर्च बढ्ने सम्भावना छ। सम्पत्तिको सदुपयोग गर्दा सचेत रहनुहोस्। धार्मिक यात्राको अवसर मिल्नेछ। अग्रज वा गुरुजनसँगको भेटले मनमा शान्ति ल्याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार