रुपन्देही । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि आज बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। विमानमा ८२ जना यात्रु (२ बालकसहित) सवार रहेका थिए।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार जहाजमा हाइड्रोलिक समस्या देखिएपछि बिहान करिब १२ बजे पाइलटले आकस्मिक अवतरण गरेका हुन्। सबै यात्रु सुरक्षित छन्।
राउतका अनुसार, “पाइलटबाट हाइड्रोलिक समस्या भएको सूचना आएपछि तत्काल रेस्क्यु गरी यात्रुलाई सुरक्षित अवतरण गराइएको हो। अर्को जहाजमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।”
श्री एयरलाइन्सको प्राविधिक टोली काठमाडौंबाट भैरहवा पुगेर जहाजको अवस्था परीक्षण गर्ने तयारीमा रहेको छ। परीक्षणपछि मात्र विमानको प्राविधिक विवरण सार्वजनिक गरिने विमानस्थलले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







