झापा।आईसीसी पुरुष विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा २ सय ७१ रन बनायो।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६७ बलमा ७५ रन बनाउँदै सर्वाधिक योगदान दिए। आठौँ नम्बरमा आएका हिटर करण केसीले ३१ बलमा ४९ रन बनाए। ओपनर कुशल भुर्तेलले ४७ रन र भिम सार्कीले ४३ रन जोडेका थिए। कप्तान रोहितले ३६ रन जोडे।
नेपालको इनिङ्समा रोहित–दीपेन्द्र र कुशल–भिमको दुई ठूला साझेदारी बनेका थिए। अमेरिकाका हरमीत सिंहले तीन विकेट लिए।
हाल लिग–२ मा नेपाल दुई खेलमा दुबैमा पराजित भइसकेको छ र १२ अंकसहित आठ टोलीमध्ये सातौँ स्थानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







