चन्द्रगढी, झापा । चन्द्रगढी सामुदायिक वन समूहको नयाँ नेतृत्व चयनका लागि तयारी तीव्र बनेको छ । यही कार्तिक २२ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

मुख्य राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मको सहभागिता रहेको यस चुनावलाई स्थानीयले निकै चासोका साथ हेरेका छन् ।

अध्यक्षका लागि नेपाली कांग्रेसको समर्थनमा गुरुप्रसाद घिमिरे, एमालेको समर्थनमा अनुज खतिवडा, रास्वपाको समर्थनमा चुडामणि मैनाली, नेकपा एकीकृत समाजवादीबाट हिराप्रसाद पोखरेल, जेनजी युवाहरूको समर्थनमा राजु वराल, र स्वतन्त्र रूपमा रमेश न्यौपाने, पुण्यप्रसाद पोखरेल, र कृष्णप्रसाद दाहाल उम्मेदवार बनेका छन् ।

उपाध्यक्षमा ८, सचिवमा ५, सहसचिवमा ६ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । खुला महिला सदस्यमा पनि ४ जनाले नाम दर्ता गराएका छन् ।

चन्द्रगढी सामुदायिक वन समूह चारआली निचाझोडा जंगल अन्तर्गत रहेको छ, जसको क्षेत्रफल करिब ४३० हेक्टरमा फैलिएको छ । समूहको स्थापना २६ वर्षअघि भएको थियो र यसले स्थानीय समुदायको वन संरक्षण र स्रोत व्यवस्थापनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

यस पटकको निर्वाचनबाट चन्द्रगढी वनको आगामी नेतृत्व कसको हातमा जाने भन्ने उत्सुकता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार