हल्दीबारी। झापाको भद्रपुरमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा भद्रपुर नगरपालिका–१ का वडाअध्यक्ष रामप्रसाद अधिकारी गम्भीर घाइते भएका छन्।
आज साँझ करिब ५ः४० बजे मेची राजमार्गअन्तर्गत चारआली–केचना सडकखण्डको देउनियाँ पुलमा भद्रपुरबाट पृथ्वीनगरतर्फ जाँदै गरेको अन टेस्ट सिटी सफारीले दायाँ मोड्ने क्रममा विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१३प ८०३६ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका ५७ वर्षीय अधिकारीको टाउको र नाकमा चोट लागेको र उनलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सफारी चालक भद्रपुर–४ का ४२ वर्षीय विशाल चेम्जुङ भने सकुशल रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
1
+1
+1
+1







