झापाका नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले पदभार ग्रहणपछि आइतबार पत्रकारहरूसँग भेटघाट गर्दै आफ्नो कार्यदिशा सार्वजनिक गरेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा उनले कानूनको शासन, नागरिक सुविधा र शान्ति–सुरक्षालाई मुख्य एजेन्डा बनाउने प्रतिवद्धता जनाए।

उनले भने — “प्रशासन नागरिकका लागि हो। सेवा प्रवाहलाई पारदर्शी, छिटो र प्रभावकारी बनाउन सबै तहमा सुधार ल्याइनेछ।”

भेटघाट कार्यक्रममा स्थानीय सञ्चारकर्मी, सुरक्षाकर्मी र विभिन्न सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए।

सीडीओ गेलालले सञ्चारमाध्यमलाई “सरकार र जनताबीचको पुल” भन्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारिताका लागि आभार प्रकट गरे।

उनका अनुसार झापाको विकास र सुशासन एक–अर्काको परिपूरक हुन् र ती दुवैलाई अघि बढाउन सहकार्य र संयोजन अनिवार्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार