झापा, कार्तिक १७ । झापा जिल्लाको कनकाई नगरपालिका–२, झण्डी खोप क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आज सोमवार दिउँसो करिब १२:३० बजे तिर अन्दाजी ४० देखि ४२ वर्ष उमेरका, पहाडी मूलका जस्तो देखिने पुरुष व्यक्ति घोप्टो परि मृत अवस्थामा भेटिएका हुन्। मृतकको नाम, थर र वतन भने हालसम्म खुल्न सकेको छैन।
घटनास्थलको प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी, झापाबाट प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको थप अनुसन्धान र कानूनी प्रकृया अघि बढाइएको प्रहरीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
1
+1







