बुद्धशान्ति (झापा) । बुद्धशान्ति गाउँपालिका–४ मा एक १८ दिनकी शिशुको मृत्यु भएको छ। मृत्यु शंकास्पद देखिएपछि शवलाई पोस्टमार्टमका लागि भद्रपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार, मृतक शिशु एक शेर्पा परिवारकी थिइन्। परिवारमा यसअघि पनि छोरी जन्मिएको विषयमा विवाद हुने गरेको र मदिरा सेवनपछि झगडा समेत हुने गरेको जानकारी प्राप्त भएको छ।

वडा अध्यक्ष शेरबहादुर राईका अनुसार परिवारले शिशुको मृत्युलाई सामान्य बताएका छन्। तर सामाजिक सञ्जालमा घटना फैलिएपछि सत्यतथ्य पत्ता लगाउन पोस्टमार्टम गरिएको उनले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। स्थानीयवासी भने यो घटनाको निष्पक्ष छानबिन र शिशुको मृत्युको कारण सार्वजनिक गर्न माग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार