जनकपुर – मधेश प्रदेशसभाले लगातार १० वटा बैठकमा अनुपस्थित रहेका पाँच जना प्रदेश सांसदलाई पदमुक्त गरेको छ।
प्रदेशसभाको कार्यसञ्चालन नियमावलीअनुसार लगातार १० बैठकमा अनुपस्थित रहने सांसदको पद स्वतः खारेज हुने प्रावधान छ। सोही नियमको आधारमा सभाले उक्त सांसदहरूको पद खोस्ने निर्णय गरेको हो।

प्रदेशसभाका सचिवालयका अनुसार, अनुपस्थित रहेका सांसदहरूलाई बारम्बार जानकारी गराइए पनि उनीहरूले उपस्थित नहुँदा नियमअनुसार कारबाही गरिएको हो।
यस निर्णयसँगै मधेश प्रदेशसभामा पाँच सिट रिक्त भएका छन्। अब निर्वाचन आयोगले रिक्त सिटमा नयाँ सांसद तोक्ने प्रक्रिया अघि बढाउनेछ।
पदमुक्त हुने सांसदहरू यस प्रकार रहेका छन्:
१. उर्मिला देवी सिंह, सलहिनी
२. मनीष कुमार सुमन, ससरी
३. संजय कुमार यादव, सलहिनी ३(२)
४. सिंहासन सा कलवार, सलहिनी ४(२)
५. सारदा शंकर प्रसाद कलवार, बारा २(१)







