भारतको जम्मु–कस्मिर, पुलवामास्थित डा. उमर नबीको घर भारतीय सुरक्षा निकायले बिहीबार राति ध्वस्त पारेका छन्।

भारतीय दैनिक दैनिक भास्कर–का अनुसार घरलाई आईईडी विस्फोटमार्फत नष्ट गरिएको हो।गत सोमबार (नोभेम्बर १०) साँझ दिल्लीको ऐतिहासिक लालकिल्ला नजिकै कार बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।

प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा विस्फोट गराउन प्रयोग गरिएको कार चलाइरहेको व्यक्तिलाई डा. उमर नबी नै भएको दाबी गरिएको छ। प्रहरीका अनुसार उमर पनि सोही विस्फोटमा मारिएका छन्।यसैबीच, घटनाबारे भइरहेको अनुसन्धान अन्तर्गत ८ जना व्यक्तिलाई प्रहरी हिरासतमा लिइएको छ।

भारतका गुप्तचर निकायहरूले बाबरी मस्जिद भत्काएको वार्षिकोत्सवका दिन, डिसेम्बर ६ मा देशभर बम विस्फोट गर्ने योजना भेटिएको दाबी गरेका छन्।त्यसै योजनाको हिस्सा स्वरूप दिल्लीमा विस्फोट गराइएको प्रारम्भिक निष्कर्ष निकालेको उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार