झापा — झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा एक वृद्धले आफैँलाई आगो लगाइ आत्मदाह गरेका छन्। गएराति करिब ११:३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरको आँगनमै शरीरभरि पेट्रोल खन्याई आगो लगाएपछि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
जलेर मृत अवस्थामा अधिकारीलाई उनका काइँला छोरा भोगेन्द्र अधिकारीले फेला पारेका थिए। केही महिनाअघि अधिकारीले प्रोस्टेटको शल्यक्रिया गरेका थिए भने डिप्रेसनबाट पीडित भएकाले नियमित औषधि सेवन गर्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
1
+1







