एजेन्सी / कात्तिक २९। भारतको बिहार विधानसभा चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ। दुई चरणमा सम्पन्न मतदानका मतगणना गएरातिदेखि सकिएको हो। परिणाम अनुसार सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुईतिहाइ बहुमत प्राप्त गर्दै स्पष्ट जीत हात पारेको छ।

कुल २४३ सिटमध्ये एनडीएले २०२ सिट जितेको निर्वाचन आयोगले जनाएको छ। गठबन्धनभित्र भारतीय जनता पार्टी (भाजपा) ८९ सिटसहित पहिलो दल बनेको छ। दोस्रो ठूलो दल जनता दल युनाइटेड (जेडीयू) ले ८५ सिट ल्याएको छ।

एनडीएमा समेटिएका अन्य दलको स्थिति यसप्रकार छ—

लोक जनशक्ति पार्टी (रामविलास): १९ सिट

हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर): ५ सिट

राष्ट्रिय लोक मोर्चा: ४ सिट

उता, राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको महागठबन्धन ३४ सिटमा सीमित भएको छ।

आरजेडी : २५ सिट

कांग्रेस : ६ सिट

माले लिबरेशन : २ सिट

एआईएमआईएम : ५ सिट

इन्डियन इन्क्लुसिव पार्टी, माकपा र बसपा : १/१ सिट

बिहारमा यसपटक ६७.३ प्रतिशत मत खसेको थियो, जुन सन् १९५१ पछि कै सबैभन्दा उच्च मतदान मानिएको छ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिणामलाई ‘सुशासनको जीत’ बताएका छन्। उनले बिहारी जनताले विकास र स्थिर सरकारप्रतिको भरोसा पुनःप्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार