काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका रौतहटको कटहरिया नगरपालिका–१ का आकाश प्रसाद कुशवाहा मलेसियामा पक्राउ परेका छन्।एनसिबि
क्वालालम्पुरको समन्वयमा पक्राउ परेका उनलाई शनिबार नेपाल फिर्ता ल्याइएपछि आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटका प्रहरी टोलीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाले जनाएको छ।
कुशवाहामाथि २०८० मंसिर २१ गते इन्टरपोल महासचिवालयमार्फत रेड नोटिस जारी गरिएको थियो। उनी सोही मुद्दामा संलग्न रही लामो समयदेखि फरार रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







