झापा — जेनजी आन्दोलनको दिन भदौ २४ गते अस्थायी प्रहरी चौकी गरामनीमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्पक्राउ
पर्नेमा बिर्तामोड–८ गरामनीका ३६ वर्षीय गंगाराम लिम्बू र बिर्तामोड–७ मुसहरडाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बू छन्।
मंगलबार बिहान प्रहरी सहायक निरीक्षक भूपेन्द्र कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आ–आफ्नै घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमै राखिएको छ।
यसबीच, जेनजी आन्दोलनका क्रममा झापामा रहेका विभिन्न प्रहरी कार्यालयमा भएको तोडफोड तथा आगजनीसम्बन्धी प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या १५ पुगेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







