नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने पक्का भएको छ। मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनअघि बिहीबार बसेको सचिवालय बैठकपछि दुवै नेताले आन्तरिक रूपमा प्रतिस्पर्धामा उत्रने जानकारी गराएका हुन्।

बैठकमा अध्यक्ष ओलीले पार्टी चौतर्फी चुनौतीबाट गुज्रिरहेका बेला नेतृत्व एकताबद्ध हुनुपर्नेमा जोड दिए। तर वरिष्ठ उपाध्यक्ष पोखरेलले आफू प्रतिस्पर्धाबाट नहट्ने स्पष्ट बताएका थिए। सचिवालयका एक सदस्यका अनुसार ओलीले भीम रावल र माधव कुमार नेपालको उदाहरण दिँदै पोखरेललाई पछि हट्न आग्रह गरे पनि पोखरेल अडिग रहे। अन्ततः ओलीले ‘स्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रियाको हिस्सा हो’ भन्दै प्रतिस्पर्धाप्रति असहमति नरहेको जनाएको स्रोतले बतायो।

दुवै पक्ष प्यानल बनाउँदै :

एमालेमा हालै भएको विधान संशोधनले १५ सदस्यीय पदाधिकारी चयनको व्यवस्था मिलेको छ। यसअनुसार ओली र पोखरेल दुबै पक्षले महाधिवेशनका लागि छुट्टाछुट्टै प्यानल तयार पार्दै छन्।
पोखरेल पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे तथा सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट समावेश हुने अपेक्षा छ।
ओली पक्षमा भने उपाध्यक्ष रामबहादुर थापा (बादल) र गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल, तथा सचिव लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठ सक्रिय देखिएका छन्।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट समूह पनि पोखरेलतिर उभिन सक्ने आकलन नेताहरूले गरिरहेका छन्।

स्वतन्त्र उम्मेदवारको सम्भावना : महाधिवेशनमा कुनै समूहमा नजोडिएका केही नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिने सम्भावना पनि देखिएको छ। पोलिटब्युरो सदस्य कर्ण थापाले ‘स्वस्थ प्रतिस्पर्धा एमालेको मूल विचार’ भएको बताउँदै प्रतिस्पर्धाभन्दा एकताको आधार बलियो हुनुपर्नेमा जोड दिए।

एकतामा जोड : सचिवालय बैठकमा पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा प्रमुख छलफल भएको नेताहरूले बताए। नेतृत्व चयनमा प्रतिस्पर्धा अवश्य हुने स्वीकारिएको भए पनि पार्टीभित्र समग्र रूपमा एकताको सन्देश दिनुपर्नेमा शीर्ष तहमा सहमति रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार