नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाहले केही राजनीतिक दलले प्रदेशहरूमा चलिरहेको स्पेशल इन्टेन्सिभ रिभिजन (SIR) अर्थात् मतदाता नामावलीको विशेष पुनरावलोकन प्रक्रियामा अवरोध पुर्‍याइरहेको आरोप लगाएका छन्। उनका अनुसार, यसले “घुसपैठी बचाउने” प्रयासलाई सहयोग पुर्‍याइरहेको छ।

शाहले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जनाएका छन् कि भारतको सुरक्षा र लोकतान्त्रिक संरचना सुरक्षित राख्न घुसपैठ रोक्नु अत्यावश्यक छ। उनले भने, केही दल मतदाता नामावली शुद्धिकरणको निर्वाचन आयोगको कामको विरोध गर्दैछ।

यो टिप्पणी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले SIR प्रक्रियालाई “अराजक, दबाबपूर्ण र खतरनाक” भनेको भोलिपल्ट सार्वजनिक भएको हो।

मुख्यमन्त्रीले मुख्य निर्वाचन आयुक्तलाई पठाएको पत्रमा अभियान “आधारभूत तयारीबिना थोपिएको, प्रशिक्षण अपूरो र कागजातबारे अस्पष्ट” रहेको उल्लेख गरेकी छन्। उनका अनुसार बुथ–स्तरका कर्मचारी (BLO) लाई घर–घर सर्वे, अनलाइन सबमिशन र नियमित कर्तव्य एकैसाथ सम्हाल्नुपर्ने अवस्था बनेको छ।

बनर्जिले यसले प्रशासनलाई अस्तव्यस्त बनाएको र नागरिकमाथि अनावश्यक दबाब परेको दाबी गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार