हल्दिबारी, झापा – शुरेस्वर स्वर्गद्वारी शिवलय मन्दिर हल्दिबारी–३ का अध्यक्ष तथा सस्वती आधारभूत विद्यालय हल्दिबारी–२ का प्रधानाध्यापक गोविन्द बोहोराले जलथल प्रहरी चौकीलाई १ थान स्टिल दराज हस्तान्तरण गर्नुभएको छ।
वि.सं. २०२५ सालमा स्थापना भएको प्रहरी चौकीको भवन वर्षौंदेखि मर्मत नहुँदा जर्जर अवस्थामा पुगेको छ। पर्याप्त पूर्वाधार नहुँदा दैनिक कार्यमा बाधा आइरहेको चौकीले जनाएको छ।
दराज हस्तान्तरण गर्दै अध्यक्ष बोहोराले भने, “सुरक्षा निकाय मजबुत हुनु भनेको समाज सुरक्षित हुनु हो, त्यसैले व्यक्तिगत पहलमा सानो सहयोग अघि सारेँ।”
स्थानीय नागरिक र सुरक्षाकर्मीले भने अब चौकीलाई सुविधा सम्पन्न बनाउन राज्यको ध्यानाकर्षण आवश्यक रहेको बताएका छन्। जर्जर भवनले सुरक्षा व्यवस्थापनमा जोखिम बढाएको भन्दै तत्काल मर्मत वा पुनर्निर्माणको माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







