झापा — झापाको गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारी बजारमा सामान बेच्ने क्रममा एक वृद्ध व्यापारीको मृत्यु भएको छ। आज दिउँसो ३ बजेतिर व्यवसायमा व्यस्त रहेका शिवसताक्षी–५ का ७२ वर्षीय सम्पतलाल राजबंशी अचानक ढलेर बेहोस भएका थिए।
बीउबिजनको व्यापार गर्दै आएका राजबंशी चक्कर आएपछि भुइँमा लडेका थिए। स्थानीयले तत्कालै उनलाई उपचारका लागि दमक अस्पताल पठाए पनि ४:३५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
2
+1







