झापा — झापाको बिर्तामोडमा एक पुरुष मृत भेटिएका छन्। बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलानजिक वडा नं. ६ का ५२ वर्षीय आनन्द चौधरी शंकास्पद अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोली गएराति करिब १०:४० बजे पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी राति १ बजे प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएको छ। अनुसन्धानको सिलसिलामा सोही स्थानका ४८ वर्षीय पूरण चौधरी र वडा नं. ७ का ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार