काठमाडौं — सुनचाँदी शिल्प व्यवसायी संघद्वारा दशौँ पटक आयोजना गरिएको रक्तदान कार्यक्रम स्थानीय सोलुखुट्टे–१६ स्थित लेखनाथ साहित्य सदनमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य प्रमुख अतिथि थिए।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिद्वारा संघका अध्यक्ष केशव बहादुर सुनारलाई रक्त संकलन हस्तान्तरण गर्दै गरिएको थियो। सोही अवसरमा संघका पूर्व अध्यक्ष टंक बरैलीले प्रमुख अतिथि प्रेमसागर कर्माचार्यलाई खादा पहिराएर सम्मान गरेका थिए भने सभापति केशरबहादुर सुनारले सम्मानपत्र प्रदान गरी सार्वजनिक रूपमा सम्मान गरेका थिए।

कार्यक्रममा महिला र पुरुष गरी जम्मा ४४ जनाले रक्तदान गरेका थिए। संघका महासचिव त्रिलोचन विश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए भने समग्र संयोजन चन्द्र खाती र सहकोषाध्यक्ष रञ्जित विश्वकर्माले गरेका थिए।

संघका प्रतिनिधिहरूले रक्तदान कार्यक्रमले समाजमा स्वास्थ्य चेतना र परोपकारको प्रवर्द्धनमा योगदान पु¥याउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार