सोमबार, ०८ मङ्सिर २०८२
वि.सं. २०८२ साल मङ्सिर ८ गतेको पञ्चाङ्ग अनुसार बार, तिथि, नक्षत्र, योग, करण, चन्द्रराशि र शुभ/अशुभ समय जानकारी यस प्रकार छ।
पञ्चाङ्ग:
तिथि: चतुर्थी (२९ घडी ३९ पला) – बेलुकी ६:२४ पछाडि पञ्चमी
नक्षत्र: पूर्वाषाढा – ३३ घडी ५० पला, उत्तराषाढा – बेलुकी ८:०५
योग: शूल – दिउँसो १२:०० पछि गंड
करण: भद्रा – बेलुकी ८:२४ पछि बव
चन्द्रराशि: धनु
सूर्योदय: बिहान ६:३३
सूर्यास्त: बेलुकी ५:०७
दिनमान: २६ घडी २६ पला
शुभ-अशुभ समय:
अमृत बेला: बिहान ६:००–६:३३, दिउँसो २:२९–३:४८
लाभ बेला: दिउँसो १:१०–२:२८
शुभ बेला: बिहान ७:५३–९:११
रोग बेला: बिहान ९:१२–१०:३१
उद्वेग बेला: बिहान १०:३२–११:५०
चर बेला: बिहान ११:५१–दिउँसो १:०९, दिउँसो ३:४९–६:४८
राहुकाल: बिहान ७:५१–९:११
ब्रहा मुहूर्त: बिहान ४:५५–५:४३
शुभ कार्य र यात्रा गर्दा लाभबेला र अमृत बेलाको समय प्रयोग गर्नुस्। राहुकालमा कुनै शुभ कार्य नगर्नुहोला।

राशिफल (मेषदेखि मीन)
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ):
व्यवसायिक क्षेत्रमा लामो दुरीको यात्रा हुनेछ। यात्रा र पर्यटन सम्बन्धी काम फस्टाउनेछ। धार्मिक र शैक्षिक क्षेत्रमा सहभागी भएर उत्कृष्ट नतिजा प्राप्त हुनेछ। प्रेम प्रसङ्ग र खोज-अनुसन्धानको काममा समय अनुकूल रहनेछ। शेयर बजार र वित्तीय क्षेत्रमा लगानीबाट लाभ मिल्नेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो):
कुटुम्ब र आफन्तसँगको आर्थिक कारोबार लाभदायक हुनेछ। अध्ययन र कार्य क्षेत्रमा सफलता मिल्नेछ। पुराना समस्या समाधान हुनेछन्। यात्रा र सहयोगको योग छ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा):
गीत-सङ्गीत र मनोरञ्जन क्षेत्रमा समय लाभदायक हुनेछ। लेखन र साहित्यमा बाँकी काम पुरा हुनेछ। लामो दुरीको यात्रा र महँगा सामानको व्यापारमा लाभ हुनेछ। प्रेम र साझेदारीमा समय अनुकूल छ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो):
मामा-मावलीको सहयोग प्राप्त हुनेछ। न्यायिक निर्णय तपाईंको पक्षमा आउनेछ। पढाइ र व्यापारमा प्रगति हुनेछ। प्रेम र दाम्पत्य सम्बन्ध बलियो हुनेछन्।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे):
काम र बौद्धिक क्षेत्रमा फस्टाइ लाभ मिल्नेछ। सिर्जनात्मक कार्यबाट नाम र आम्दानी दुवै बढ्नेछ। प्रेम र पारिवारिक सम्बन्ध राम्रो रहनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो):
अध्ययन र शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। व्यापार र कृषि/पशुपालन व्यवसायमा फाइदा हुनेछ। प्रेम र जीवनसाथीको सहयोग प्राप्त हुनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते):
व्यवसाय र लगानीबाट लाभ हुनेछ। प्रेम र दाम्पत्य जीवन सुखद रहनेछ। सहयोग र छोटो दुरीको यात्रा सफल हुनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू):
बोलिबचन र श्रमले धेरै काम पूरा हुनेछ। गीत-सङ्गीत र खाद्य व्यवसाय लाभदायक रहनेछ। प्रेम र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फ़ा, ढा, भे):
पढाइ र व्यापारमा फाइदा, सामाजिक काममा नाम कमाउने योग छ। आय र भौतिक लाभको सम्भावना। कलाकारिता र सङ्गीत व्यवसायमा समय लाभदायक।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी):
सल्लाह अनुसार अगाडि बढ्दा सफलताको मार्ग सजिलो हुनेछ। अध्ययन, व्यापार र प्रेम सम्बन्ध अनुकूल। सामाजिक कामबाट नाम कमाउने योग।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा):
खनिज तथा तरल पदार्थ व्यापार फस्टाउनेछ। आर्थिक अवस्था बलियो हुने छ। पढाइ, प्रेम, नयाँ अवसर र वित्तीय लगानीमा लाभ मिल्नेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):
प्रतिस्पर्धामा अग्रस्थानमा रहनेछ। व्यापार र आर्थिक लाभ हुनेछ। छोटो समयमा नाम र दाम बढ्नेछ। प्रेम र पारिवारिक सम्बन्ध सुदृढ। नयाँ काम र पदोन्नति सम्भावना।







