झापा, मंसिर ८ – हल्दीबारी गाउँपालिका सभाहलमा आज निर्माण व्यवसायीहरूसँग बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका भित्र हाल निर्माणाधीन विभिन्न आयोजनाहरूको प्रगति र समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता बारे विचार-विमर्श भएको थियो।

गाउँपालिका अध्यक्षले आयोजनाहरू गुणस्तरीय र निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, शाखा प्रमुख, निर्माण व्यवसायी तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो।

निर्माण व्यवसायीहरूले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार