हल्दीबारी ,झापा । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको होड झनै तीव्र बन्दै गएको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक रूपमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेसँगै देशभरका जिल्लाहरूमा प्यानलगत प्रतिस्पर्धा चर्किएको छ। यसको प्रभाव स्वाभाविक रूपमा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि देखिन थालेको छ।

आजदेखि झापामा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया औपचारिक रूपमा सुरु हुँदैछ।
जिल्लाभरका १८ हजार ३३४ जना संगठित सदस्य छनोट प्रक्रियामा सहभागी हुनेछन्। यी मतदाताबाट केन्द्रीय महाधिवेशनका लागि ३६ जना प्रतिनिधि चयन गरिनेछ।

जिल्लाका पाँचवटै क्षेत्रमा आज मतदाता नामावली सार्वजनिक गर्ने कार्यक्रम छ भने भोलि उम्मेदवारी दर्ता हुने अपेक्षा गरिएको छ।

पोखरेल पक्ष सक्रिय

वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेपछि झापामा उनका समर्थकहरू प्रतिनिधि छनोटमा उच्च तयारीसहित उत्रिएका छन्।
पोखरेल निकट एक स्थानीय नेताले BBC नेपालीसँग भने, “झापामा हाम्रो प्यानलको उपस्थिति निकै बलियो छ।” उनका अनुसार भोलिदेखि प्यानलका उम्मेदवारहरूले औपचारिक रूपमा नाम दर्ता गराउनेछन्।

झापामा एमालेका केन्द्रीय सदस्य रविन कोइरालालगायतका प्रभावशाली नेताहरू पोखरेलको पक्षमा खुलेर लागेका कारण छनोट प्रक्रिया यसपटक झनै प्रतिस्पर्धात्मक र रोचक हुने देखिएको छ।

पार्टी नेतृत्वले सम्भव भएसम्म सर्वसम्मत प्रतिनिधि चयन गर्ने प्रयास गरिरहेको बताइए पनि सहमति नजुटेमा आन्तरिक निर्वाचन बाटै छनोट गरिनेछ।

एमालेको आगामी अध्यक्ष को हुने भन्ने प्रश्नले राष्ट्रिय राजनीति नै तातिरहेको बेला, झापाबाट हुने यो प्रतिस्पर्धा महाधिवेशनको माया–नक्शा कता मोडिन्छ भन्ने संकेत गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार