झापा, मंसिर १०। झापाको अर्जुनधारा–१० कालिझोडामा गएराति भएको आगलागीबाट करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। राति ११:४५ बजेतिर मछिन्द्र पौडेलको जस्ता तथा काठले बनेको दुईतले ग्वाली घरमा अचानक आगो लागेको हो।
आगलागीबाट ग्वाली घरसँगै घरभित्र रहेको चामल ५० बोरा (१५०० केजी), चोकर १० बोरा (५०० केजी), खुँदी १० बोरा (५०० केजी), धान २० मन (८०० केजी), मुडा बुन्ने धागो/डोरी ४० बोरा र ५ कट्ठा पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
यसरी जलेका सामग्री र संरचना गरी अन्दाजी ८ लाख ८७ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
नेपाल प्रहरी, स्थानीय बासिन्दा, बिर्तामोड नगरपालिका दमकल तथा मेचीनगर नगरपालिका दमकलको सहयोगमा राति १:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







