बिर्तामोड, झापा — मनकामना सेकेन्डरी स्कुलअन्तर्गतका बालकल्ब “उज्यालो मनकामना” ले मङ्सिर १० गते मेचिनगर–१५ मा अवस्थित मेची पारी ग्वालबस्तीमा रहेको श्री मेची प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेको छ।

बालकल्बले आठ विद्यार्थीलाई जम्पर र ट्राउजरको आठ सेट, साथै ३० थान कपी र ६ प्याकेट पेन्सिल वितरण गरेको उज्यालो मनकामना बालक्लबकी फोकल शिक्षक सरिता पौडेलले जानकारी दिइन्।

विद्यालयका शिक्षक रुका ढुङानाका अनुसार, “मेची नदी तरेर विद्यालयसम्म पुग्दा करिब दुई किलोमिटर पैदल यात्रा भयो। मेची पारीको भौगोलिक परिवेश, विद्यालय नजिकको जङ्गी पिलर र गाउँको प्राकृतिक वातावरणले यस यात्रा विशेष र स्मरणीय बनायो।”

श्री मेची प्रा.वि.का प्र.अ. लोकेन्द्र थपलियाले उज्यालो मनकामना बालकल्बद्वारा गरिएको सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे भने, विद्यालयका वि.व्य.स. अध्यक्ष आमल यादवले क्लबका शिक्षक र विद्यार्थीहरूलाई गाउँ र विद्यालयबारे संक्षेप जानकारी गराउँदै स्वागत गरे।

बालकल्बकी अध्यक्ष अस्लेशा भण्डारीले विद्यालय र गाउँसँग सम्बन्धित विषयमा विद्यार्थीहरूलाई अन्तरक्रिया गराउँदै जानकारी आदान–प्रदान गराइन्। अन्तरक्रियामा विद्यालयमा न्यून विद्यार्थी संख्या, भौगोलिक विकटता, मेची पारी गाउँको इतिहास र सीमा सुरक्षा जस्ता विषयहरू उठाइएको थियो।

मनकामना सेकेन्डरी स्कुलका प्रधानाध्यापक केशब ढुङानाका अनुसार, बालकल्बले स्थापना देखि नै यस्ता रचनात्मक कार्यक्रम र सहयोग गर्दै आएको छ र विद्यालयले सामाजिक कार्यमा क्लबलाई अग्रसर हुन निरन्तर प्रेरित गर्दै आएको छ।

क्लब अध्यक्ष भण्डारीले यस भ्रमणबाट नेपालको पूर्वी सीमा क्षेत्र र ग्रामिण क्षेत्रका शिक्षामा देखिएका चुनौतीहरू बुझ्ने सुनौलो अवसर प्राप्त भएको बताइन्। भ्रमण क्रममा विद्यार्थीहरूले मेचिनगर–१५ स्थित नेपाल–भारत पूर्वी सिमामा अवस्थित जङ्गी पिलरको अवलोकनसमेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार