भारतको पिथौरागढ़मा भारत–नेपाल सेनाहरूको वार्षिक संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ सुरू भएको छ। यो अभ्यास ८ डिसेम्बर २०२५ सम्म चल्नेछ।
अभ्यासको मुख्य उद्देश्य दुवै देशका सेनाबीच द्विपक्षीय सहयोगलाई अझ मजबुत बनाउने, विशेष गरी आतंकवाद-रोधी अभियान र प्राकृतिक प्रकोप व्यवस्थापनमा क्षमता विकास गर्नु रहेको छ।
नेपाली सेनाका अनुसार, अभ्यासमा दुवै पक्षका सेनाहरूले एक-अर्काका सैन्य परम्परा, सिद्धान्त, अभ्यास र सर्वोत्तम कार्यविधि सम्बन्धी आपसी समझदारी बढाउनेमा केन्द्रित रहनेछ।

‘सूर्य किरण’ अभ्यास भारत र नेपालबीचको दीर्घकालीन मैत्रीपूर्ण, विश्वासपूर्ण र ऐतिहासिक सैन्य सम्बन्धको प्रतीक मानिन्छ। यो वार्षिक अभ्यास हरेक वर्ष दुई देशमा वैकल्पिक रूपमा आयोजना गरिन्छ – एक वर्ष भारतमा र अर्को वर्ष नेपालमा।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







