झापा: हल्दीबारी गाउँपालिका–५, कञ्चनश्रीस्थित मोती आविको खेलमैदानमा सम्पन्न दोस्रो जिल्ला स्तरीय डोरीतान प्रतियोगितामा गौराद नगरपालिकाले बुद्धशान्ति गाउँपालिकालाई हराउँदै फाइनल उपाधि हात पारेको छ।

हल्दीबारी जेसिस र झापा जिल्ला डोरीतान संघको आयोजनामा भएको प्रतियोगितामा झापाका तीन विभागीय टिमसहित ११ टिमले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा कोशी प्रदेश सभा सभामुख अमरबहादुर बिष्ट प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

प्रतियोगितामा हल्दीबारी, बुद्धशान्ति, कचनकवल, गौरीगञ्ज गाउँपालिका, भद्रपुर, गौरादह, कन्काई, अर्जुनधारा नगरपालिकाका टिमसँगै नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच रोमाञ्चक खेल देखियो। कडा प्रतिस्पर्धामा गौराद नगरपालिकाले हल्दीबारीलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गर्यो भने बुद्धशान्ति फाइनलमा पुग्न नेपाल आर्मीलाई हराएको थियो।

अन्ततः फाइनलमा गौराद नगरपालिकाले बुद्धशान्ति गाउँपालिकालाई हराउँदै विजयी उपाधि हात पारेको थियो। विजेता टिमले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता टिमले ३१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। दुबै टिमलाई प्रमुख अतिथि बिष्टसहित अन्य अतिथिहरूले सम्मानपूर्वक पुरस्कार वितरण गर्नुभएको थियो।

उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नम्बर ५ का अध्यक्ष खड्कलावती, विभिन्न पालिकाका जनप्रतिनिधि, कर्मचारी, खेलाडी तथा राष्ट्रिय जेसिसका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

नेपाल जेसिस हल्दीबारीकी अध्यक्ष तथा डोरीतान संघ झापाकी अध्यक्ष युनिता दवाडी भट्टराईको अध्यक्षतामा सम्पन्न प्रतियोगिता निकै उत्साहजनक र दर्शकहरूको सहभागिताले भरिपूर्ण रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार