झापा, बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित दुर्गा स्टिल प्रा.लि.को कामदार बस्ने दुई तले घरको भुई तल्लाको किचेन कोठाबाट अचानक ग्यास लिक भइ आगो लागेको छ।

स्थानीय बासिन्दाको सहयोगमा बेलुकी ४७ मा लागेको आगो करिब ७:२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीमा किचेन कोठा र त्यससँग जोडिएको सुत्ने कोठा, कामदारको नगद रु. १,५०,०००, लत्ताकपडा तथा ३ थान मोबाइल जलेर नष्ट भएको छ। प्रारम्भिक मूल्यांकन अनुसार कुल क्षति करिब रु. ६,००,००० पुगेको छ।

प्रहरी र स्थानीय प्रशासनले घटनास्थलमा अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार