हल्दीबारी । हल्दीबारी गाउँपालिकाको सभा हलमा सम्पन्न भेलाले प्रितम कार्कीलाई गाउँपालिका स्तरीय बालसञ्जालको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। कार्कीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको छ।

बालसञ्जालको उपाध्यक्षमा सृष्टि पौडेल, सचिवमा पुष्प दङ्गाल, सहसचिवमा खुशबु दङ्गाल र कोषाध्यक्षमा गंगा विश्वकर्मा सर्वसम्मत चयन भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यमा दिया पौडेल, सम्राट अधिकारी, करिना गौतम, विकास टुडु र अर्चना राई चयन भएका छन्। जनक आचार्य, आकृति राजवंशी, निश्चल ढुंगाना, संध्या रजक र समिर तामाङ पनि सर्वसम्मत चयन भएको बालसञ्जालका निवर्तमान अध्यक्ष पवन गिरीले जानकारी दिएका छन्।

गाउँपालिका स्तरीय बालसञ्जालको संरक्षकमा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन रहनुहुनेछ।

उद्घाटन सत्र बालसञ्जालका अध्यक्ष पवन गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा अध्यक्षहरू सुकालाल राजवंशी र सन्तकुमार थापा, गाउँपालिका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम बाल क्लबका सचिव प्रितमले सञ्चालन गरेको कार्यक्रममा हल्दीबारी गाउँपालिका भित्रका विभिन्न विद्यालयका बाल क्लब प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरू पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार