हल्दिबारी–४ स्थित श्री प्रभात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा समाजसेवी एवं जेष्ठ नागरिक लालध्वज कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा सहकारीका शेयर सदस्य, सञ्चालक समिति, पत्रकार तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

सभाको उद्घाटन प्रमुख अतिथिले ब्यानर वाचन तथा पानसमा दीपप्रज्वलन गर्दै गरेका थिए। अध्यक्ष देवी प्रसाद ओलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई अझ सुदृढ बनाउने योजना प्रस्तुत गरेका थिए।

गत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, तथा चालु आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित बजेट कोषाध्यक्ष प्रतिमा भुजेलद्वारा प्रस्तुत गरिएको प्रतिवेदनसहित सर्वसम्मत रूपमा पारित भएको थियो।
सहकारीमा हाल ११३९ सेयर सदस्य रहेका छन्। कुल निक्षेप रकम रू. ५ करोड ८७ लाख ९९ हजार २ सय ८० रहेको छ भने यस वर्ष रू. २९ लाख ४९ हजार ९ सय ६७ खुद मुनाफा आर्जन भएको प्रतिवेदनमा उल्लेख छ। सेयर पुँजी रू. १ करोड ७४ लाख १२ हजार २ सय रहेको जानकारी सहकारीले दिएको छ।
साधारणसभामा नयाँ कार्यसमिति र लेखा सुपरिवेक्षण समिति पनि चयन गरिएको छ।
नव–निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ ।
अध्यक्ष: देवी प्रसाद ओली
उपाध्यक्ष: भवानी पराजुली
सचिव: चन्द्र प्रकाश राई
कोषाध्यक्ष: शैलेन्द्र सिटौला
सदस्यहरू: श्री प्रसाद बाह्रकोटी, धर्म प्रसाद काफ्ले, प्रतिमा भुजेल, गीता तिम्सिना भण्डारी, इन्दिरा शिवाकोटी
लेखा सुपरिवेक्षण समिति:
संयोजक: चक्र बहादुर बस्नेत
सदस्यहरू: टिकाराम सुवेदी, कृष्ण बहादुर अधिकारी
कार्यक्रम अध्यक्ष ओलीको अध्यक्षतामा सञ्चालन भएको थियो भने सञ्चालन तथा सहजीकरण रामचन्द्र उप्रेतीले गरेका थिए।
उक्त कार्यक्रममा दुई जना उत्कृष्ट बाल बचतकर्ता, दुई जना जेष्ठ नागरिक, दुई जना असल ऋणी, र संस्थामा आबद्ध सदस्यका दुई जना छोराछोरीले एसईईमा उत्कृष्ट नतिजा ल्याएकोमा नगद पुरस्कारसहित सम्मान गरिएको थियो।







