काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको सोमबार निधन भएको छ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत शाहको अवस्था आइतबारदेखि नै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
पिसाबजन्य संक्रमण शरीरभरि फैलिँदै गएपछि स्वास्थ्य अवस्था जटिल बनेको र उपचारका क्रममा मध्याह्नतिर निधन भएको अस्पतालले पुष्टि गरेको छ।

प्रधानमन्त्री सुशीला कार्की सोमबार अस्पताल पुगेर मेयर शाहलाई भेटेकी थिइन् र परिवारसँग अवस्थाबारे जानकारी लिएकी थिइन्।

आयुर्वेद चिकित्सकका रूपमा कार्यरत रहिसकेका रामनारायण शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्।

क्षमा याचना सम्बन्धमा

समाचार प्रकाशन गर्दा भूलबस मेयर बालेन शाह को बुबाको फोटोको ठाउँमा अन्य व्यक्तिको फोटो प्रकाशित हुन गएकोमा क्षमा रचना गर्दछौँ।

फोटोको कारणले पर्न गएको दुःखप्रति हामी क्षमा याचन गर्दछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार