भद्रपुरमा झापा उद्योग वाणिज्य संघ, जिल्ला कार्य समिति झापाले विश्व एड्स दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६ जना महिलासहित ४४ जनाले रक्तदान गरेका छन्।

संघका महासचिव सुमन मैनालीका अनुसार, झापाका ब्लड बैंकहरूमा रगतको अभावलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा संघका विशिष्ट सदस्य खड्क लिम्बू, महासचिव सुमन मैनाली, सशस्त्र प्रहरी बल नेपाल २ नं गणका डीएसपी रोहितकुमार घिमिरे, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा उद्योगी व्यवसायीहरूले रक्तदानमा सहभागिता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार