पर्सा । पर्सा प्रहरीले सोमबार १ सय ४ किलोभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, गाँजा ओसार–पसार भइरहेको सूचनाका आधारमा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा.अ.ब ९३९८ नम्बरको कार रोकि खानतलासी गर्दा कारभित्र लुकाइएका १० वटा पोकामा कुल १ सय ४ किलो गाँजा बरामद भएको हो।

पक्राउ पर्नेहरूमा भिम स्याङ्तान (३२ वर्ष), मकवानपुर, भिमफेदी गाउँपालिका–८ र कुमार स्याङ्तान (३८ वर्ष), मकवानपुरगढी गाउँपालिका–१ का रहेका छन्। प्रहरीले उनीहरूलाई गाँजा तस्करीमा प्रयोग भएको कारसहित नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरीले घटनास्थलबाट बरामद सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी अनुसन्धान कार्य अघि बढाएको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार