हल्दीबारी, झापा। हल्दीबारी माध्यमिक विद्यालयका संस्थापक तथा वरिष्ठ शिक्षासेवी नरेन्द्र कुमार कार्कीलाई एक औपचारिक समारोहमार्फत सम्मान गरिएको छ। स्वर्गीय जगतबहादुर–नरमाया माया वन स्मृति प्रतिष्ठानले उहाँलाई कदरपत्र प्रदान गरी सम्मान गरेको हो।

२०१८ सालदेखि शिक्षण पेशामा प्रवेश गरेका कार्कीले २०२९ सालदेखि हल्दीबारी माध्यमिक विद्यालयमा अध्यापन गर्दै निरन्तर शिक्षा सेवा प्रदान गर्दै आएका छन्। विद्यालयको शैक्षिक उन्नयन र संगठनात्मक विकासमा उहाँको योगदान महत्वपूर्ण मानिन्छ।

प्रतिष्ठानका अध्यक्ष डम्बर वन, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनलगायतले दोसल्ला ओडाएर कदरपत्र हस्तान्तरण गर्दै कार्कीको दीर्घ सेवा र समर्पणको प्रशंसा गरे।

प्रतिष्ठानले आयोजना गरेको दोस्रो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहकै बीचमा शिक्षासेवी कार्कीलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
4
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार