झापा, हल्दीबारी – हल्दीबारी माध्यमिक विद्यालयमा नवनिर्मित १२ धारासहितको खानेपानी व्यवस्था प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उद्घाटन गरेका छन्।
विद्यालयका २०४७ सालका पूर्व विद्यार्थीहरूको समूहले करिब २ लाख ६० हजारको लागतमा यो सुविधा स्थापना गरेका हुन्। यसले विद्यार्थीहरूलाई सजिलै र शुद्ध पानी पिउन सहज बनाएको छ।
उद्घाटन समारोह स्वर्गीय जगबहादुर नरमाया वनस्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको अवसरमा सम्पन्न भयो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, विद्यालयका संस्थापक नरेन्द्र कुमार कार्की, प्रमुख जिल्ला अधिकारी गेलाल, र अन्य स्थानीय प्रतिनिधिहरू उपस्थित थिए।

विद्यालयका २८ पूर्व विद्यार्थीहरूले आफ्नै विद्यालयमा शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान दिएका छन्। साथै, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, विद्यालय प्रअ टंक बहादुर पाख्रीन, र पुरुषोत्तम नेपालले समेत सक्रिय भूमिका निर्वाह गरेका छन्।







