हल्दीबारी – ३४ औँ राष्ट्रिय अपाङ्गता दिवस हल्दीबारीमा भव्यताका साथ मनाइएको छ। अपाङ्गता समन्वय समिति हल्दीका अध्यक्ष लालबहादुर कन्दङ्वाको अध्यक्षतामा तथा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरकारी अधिकारीहरू समेत उपस्थित थिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं २ का अध्यक्ष शुक्लाल राजवंशी, वडा नं ३ का अध्यक्ष विष्णु प्रसाद ओली, वडा नं ४ का अध्यक्ष सन्त कुमार थापा, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपाने लगायत सञ्चारकर्मीहरू सहभागी भएका थिए।

गाउँपालिका अध्यक्ष लिङ्देन, उपाध्यक्ष मैनाली, वडा अध्यक्षहरू राजवंशी, ओली र थापासहित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द बोहरा, जनजागृति माविका पूर्व प्रधानाध्यापक इन्दिरा चुडा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

संस्थाकी उपाध्यक्ष हरिमाया मिश्रले सहभागीहरूलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव रामप्रसाद टुडु र कोषाध्यक्ष दिलकुमार राजवंशीले गरेका थिए।

उक्त अवसरमा विभिन्न दाताबाट प्राप्त लत्ता कपडा तथा अन्य सामग्री सरोकारवालाहरुलाई वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार