झापा । मेचिनगर–६ काँकरभिट्टा स्थित ताज होटल अगाडिको सडकखण्डबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब ५:३५ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले शंका लागी दुई युवकलाई रोकेर शरीर तल्लासी गर्दा लागुऔषध फेला परेको हो।

प्रहरीका अनुसार दाङ राप्ती गाउँपालिका–७ बस्ने २९ वर्षीय बेगमबहादुर खत्री र हाल मोरङ, रंगेली नगरपालिका–३ बस्ने भोजपुर नगरपालिका–२ निवासी २१ वर्षीय डम्बरबहादुर रोक्कालाई पक्राउ गरिएको छ।

तल्लासीका क्रममा रोक्काको साथबाट प्लास्टिकसहित ४ ग्राम ५८० मिलिग्राम तथा प्लास्टिक बाहेक ३ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन जस्तै देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै रोक्काबाट iPhone कम्पनीको १ थान मोबाइल र खत्रीबाट Nothing कम्पनीको १ थान मोबाइल समेत प्रहरीले फेला पारेको छ।

बरामद पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गरी प्रमाण संकलन गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार