- राज कुमार कार्की
कता कता यो मन किन अल्झियो !
एक जिउको दुई टाउको नै बल्झियो !!
कस्ले अमृत पिउछ कस्ले पिउछ बिष ।
आखिर तेल पानी भित्र गुदी बाहिर।।
फेरि तेलमा पानी किन मिसाइयो !
तोरी सँग कोदो किन पो पिसाइयोरु
तेल ताते पछि कहाँ छोड्छ र चड्किन।
मसला प्याज आलु हाले पछि थाल्छ पड्किन।।
तातो तेलका थोपाहरु जिउमा परेछि ।
थाहा हुन्छ पीडा ऐया आथा गरेछि।।
भान्से फेरि थाल्छ तीन हात उफ्रिन।
आखिर त्यही त्यस्तै गर्नु नै त रहेछ।।
किन फेरि भाडो कालो नै बनाकोरु
भन्न थाले फेरि उस्तै गन्ध छ त गनाको।।
बर्तमान परिपक्षमा के के भयो भयो।
साच्चै टाउको थपियो कि मात्र हो घाँटी !!
भन्देउ ठुल्दाइ सब कथा बेथा नढाँटी।
भन्न थाले फेरि सबले नजिउछ नघाँटी।।
स्वर कस्को भर्ने हो त कान्छी वा कान्छाकोरु
फेरि आवाज गुन्जियो मास्ला घरकै भान्साको।।
बिना बादल फेरि कसरी पो पानी पर्यो !!
गड्याङ गुडुङ्ग मात्रै गरेको थियो असिनै झर्यो।।
उत्तर तिर पो चढ्यो कि दक्षिण तिर पो झर्यो।
फेरि सिमाना नै पो मिचियो कि त क्याहो !
फेरि बाँके बर्दिया कता तिर हरायो।
संकट मोचनमा किन पो त डरायो।।
बिचरा अङ्ग्रेजी बोल्नै नजान्दा यिनलाई।
सपनिमा ठूलै घाटा भो रे त तिनललाई !!
गाई खाने बुर्जुवा शिक्षा भनेर पढिएन त !
हेर्दाहेर्दै अहिले फेरि भुइँमा लडिएन त !!
दुई टाउके त घन्टाउके पो भन्थे बाले।
त्यही कुरो अहिले सबले नै भन्न थाले।।
लौ फेरि आयो है भन्छन् कस्तो छ जेट इन्जिन !
मोडल कति इन्जिन कस्तो गाह्रोछ अहिले भन्दिन।।
नहाल जेटमा उहीँ कोदो र तोरीको तेल।
हुन्छ है इन्जिन फेरि पटकपटक फेल।।
धन्यवाद।