कविता
“झाक्री बिरामी”
धामी झाक्री बिरामी भए पछि के गर्नु हामीले ।
के के गरि मन्छिए कुन्नि ती जंगली धामीले।।
लागेछ झाक्रीलाई बिचरा बिहीबारे नै भूत।
दुई चार घन्टा मात्र के फलाकेको थियो जंगली धामीले तब मिल्यो छुट।।
ओझा बिजुवा रामै लगाको रहेछ है ती झाक्रीलाई ।
लौका भन्दा बढी मलजल गर्नु पर्छ रे काक्रीलाई ।।
नाग लागेको भनौ भने गोमन साप नै थियो झाक्रीको साथ।
चिसा घर देखि बालुवा घर सम्म थियो रे तिनलाई बिगार्ने हात।।
पुरै जाती भइन कि अलिअलि रोग तिनको बाँकी छ।
स्वर चाहिँ तिनको किन हो चिसा घरको भन्दा नि माथि छ।।
के गर्नु हजुर हामीले धामीझाक्री आफै नै बिरामी भए पछि ।
केही लागेन बिचरा तिनको चित्र गुप्ता नै लिन आएपछि।।
फलाकिन रे तिनले गोरखामा चारसुर नै नबाधि।
आयो है अब तिनको जीवनमा फेरि नयाँ आधि।।
यिनले पनि किन हो जहिल्यै चोसो घर नै ताकेको।
के के भनिन कुन्नि त्यसैले पो मामा घर डाकेको।।
राम्रोसँग खेलाउने रहेछन् जंगली धामीले भूतप्रेत।
बर्तमान परिपेक्षमा नाक फुलाउदा नमान्नु है उदेक।।
अब चार सुर बाधन सक्छन् कि सक्दैनन् जंगली धामीले।
रमिते भएर हेर्न बाहेक के गर्न सक्छौ र हजुर हामीले।।
ए हजुर हामी यता तपाई कता भन्दै थिए जंगली धामीले।
खाली खुट्टा भोको पेट सडकमा आयौ अब के गर्नु हजुर हामीले।।
छोरी चेलीको हत्याहिंसा बलात्कार हुँदा केही गर्न सकेनन् धामीले।
पक्कै केही गर्दछ्न फेरि नेपाललाई त्यो बेला के गर्न सक्छौ र हामीले।।
जंगली धामीको पनि हजुर शक्ति चाहिँ हुदोरहेछ है कडा ।
दुई चार घन्टा मात्रै के फलाकेको थियो पारे झाक्रीलाई खडा ।।
अझै पनि पक्कै बाँकी छ होला धामी झाक्रीको खेल।
कुपचाप बसेर कसरी मन्छाउछ्न् सबले अब हेरौ होला ।।
धन्यवाद । राज कुमार कार्की