-राज कुमार कार्की
वर्ष भए छ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको एक सय एघार।
के रथ चल्न सक्ला त अब फेरि कहिल्यै नारी बेगर ?
लाज नै लाग्छ आधा आकाश ढाक्नेले तेत्तिस प्रतिशत अधिकार माग्दा।
दुस्ख नै पाए साराले एक नारीको कलमले सिमा नै नाघ्दा।।
भनिन्छ भाषणमा जहिले नारी पुरुष दुबै बराबर।
यो कुरो बुझ्दा गल्ती नै साबित हुन्छ हजुर सरासर।।
यो कुरो सही हो भने ज्याला किन त फेरि भिन्न( भिन्न।
महिला असहाय माथि अन्याय गर्दा झन हुन्छ यो मन छिन्न भिन्न।।
दाइजो ल्याइन भनि जिउँदै जलाउने नि ती हुन नारी सासू ।
मौका परे तिनले जिउँदै पकाएर खान सक्छिन् बुहारीकै मासु।।
दाइजो होइन छोरीलाई दिनु पर्छ है सबले शिक्षा दीक्षा।
नमाग्नु है अब त सबले बुहारी सँग दाइजोको नै भिक्षा ।।
भत्काइ देउ अब त नारीको ज्यान लिने छाउपडी गोठ।
सिलाइ देउ अब त सबका दाइजो माग्ने ती सब ओठ।।
कस्तो फेसन आयो नारीको सोचेजस्तो जीवन होइन भन्ने ।
लाखौं रुपैया पर्ने सुनका गहनाहरु पाँच दस तोला भनि जिउमा गन्ने !
कस्ले पुछ्न सक्ला ती निर्मलाका आमाहरूका आँसु ।
न्याय नपाएको होला तिनले कानुन बनाउने ठाउँमा पुगेर नै सासू ।।
सांसद सभामुख देखि मन्त्री राष्ट्रपति सम्म बनेका छन् नारी।
डलरले आँखा पुरिएर होला देख्दैनन् महिला हत्याहिंसा कठै बरी।।
महिलाहरु नपुगेका पनि होइनन् कानुन बनाउने ठाउँमा।
मुठी बटारेर भाषण गर्छन् कति बस्छौ अब त दासी बनेर भन्दै गाउँ -गाउँमा।।
तस्बिर आफै बोल्छन् तल हेर्नु के अबस्था छन् भनि अहिले नारीका।
बेला(बेलामा आवाज नउठेका होइनन् कार्पेट गाडी र सारीका।।
बन्द गरौँ हजुर महिला हत्याहिंसा यही हो समग्रमा कुरोको नै चुरो।
गाली नगर्नु होला हजुर कति कलम चलाउछ भनि यो कवि बबुरो।।
धन्यवाद ।