हल्दिबारी न्यूज डेक्स ,चन्द्रगढी – जातीयभेदभावउन्मूलनकोअन्तर्राष्ट्रिफ्रान्सेली क्रान्तिमा सार्वजनिक “मानव अधिकारको घोषणा-पत्र”मा लेखिएको छ: “मानिस जन्मदेखि सधैं नै स्वतन्त्र हुन्छ,सबै अधिकारमा समानता हुन्छ।”
अमेरिकी “स्वतन्त्रता घोषणा”मा भनिएको छ, “सबै मानिसहरु जन्मदेखि समान छन्।”
तर वास्तविकतामा यो साँच्चै होला त?

सयौं वर्षदेखि मानव जातिको विकासमा जातीय विभेद, जातीय उत्पीडन र नरसंहार यथावत छ र जसले इतिहासमा एकपछि अर्को दाग लगाउँदै गएको छ।
सन् १९६० मार्च २१ तारिख दक्षिण अफ्रिकाको ट्रान्सभालको शार्पेभिले शहरमा कालो मान्छेहरूले जातीय भेदभाव विरोधी जुलुस निकालेका थिए। दक्षिण अफ्रिकी सेना र प्रहरीले प्रदर्शनकारीलाई गोली हान्यो जसबाट करिब ७० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए। यस घटनाको सम्झना र जातीय विभेदको विरोध गर्न सन् १९६६ मा संयुक्त राष्ट्र संघले प्रत्येक मार्च २१ तारिखलाई जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस भनेर प्रस्ताव पारित गर्‍यो।
तर उक्त दिवसको स्थापनादेखि करिब ६० वर्षमा जातीय भेदभाव भूतजस्तै संसारमा नै फैलिएको छ।
विगत केही वर्षयता अमेरिकामा अफ्रिकी अमेरिकनप्रति धेरै हिंसात्मक घटना भएका थिए। सन् २०२०मा फ्रायड घटना अमेरिकाभरि राष्ट्रिय सार्वजनिक “मानव अधिकारको घोषणा-पत्र”मा लेखिएको छ: “मानिस जन्मदेखि सधैं नै स्वतन्त्र हुन्छ,सबै अधिकारमा समानता हुन्छ।”
अमेरिकी “स्वतन्त्रता घोषणा”मा भनिएको छ, “सबै मानिसहरु जन्मदेखि समान छन्।”
तर वास्तविकतामा यो साँच्चै होला त?

सयौं वर्षदेखि मानव जातिको विकासमा जातीय विभेद, जातीय उत्पीडन र नरसंहार यथावत छ र जसले इतिहासमा एकपछि अर्को दाग लगाउँदै गएको छ।
सन् १९६० मार्च २१ तारिख दक्षिण अफ्रिकाको ट्रान्सभालको शार्पेभिले शहरमा कालो मान्छेहरूले जातीय भेदभाव विरोधी जुलुस निकालेका थिए। दक्षिण अफ्रिकी सेना र प्रहरीले प्रदर्शनकारीलाई गोली हान्यो जसबाट करिब ७० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए। यस घटनाको सम्झना र जातीय विभेदको विरोध गर्न सन् १९६६ मा संयुक्त राष्ट्र संघले प्रत्येक मार्च २१ तारिखलाई जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस भनेर प्रस्ताव पारित गर्‍यो।
तर उक्त दिवसको स्थापनादेखि करिब ६० वर्षमा जातीय भेदभाव भूतजस्तै संसारमा नै फैलिएको छ।
विगत केही वर्षयता अमेरिकामा अफ्रिकी अमेरिकनप्रति धेरै हिंसात्मक घटना भएका थिए। सन् २०२०मा फ्रायड घटना अमेरिकाभरि राष्ट्रिय प्रदर्शनसम्ममा विकसित भएको छ। जसले अमेरिकाको तथाकथित “स्वतन्त्रता, प्रजातन्त्र र समानता” को नकाव उतारेको छ।
हाल ब्रिटिश शाही परिवारमा जातीय विभेदबारे सूचनाले युरोप र अमेरिकाको जनमतलाई गम्भीर ध्यानाकृष्ट गरेको छ।
कोभिड-१९ महामारीको विश्वव्यापी प्रसारले लुकेका जातीय विभेदलाई अझ सार्वजनिक गरेको छ। जातीय विभेद विश्वको शान्ति तथा मेलमिलापमाथि प्रभाव पार्ने अदृश्य भाइरस बनेको छ।
चर्चित अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फौसीले यसरी भन्नुभयो: “यस महामारीको असामान्य विषय जाति जातिबीचको असमानता हो।”
गत वर्ष जुनमा निर्वाचन एजेन्सी प्यू रिसर्चले अध्ययन गरेर प्रकाशित गरेको प्रतिवेदन अनुसार, महामारी फैलिएदेखि लगभग एक तिहाई एसियाली अमेरिकी जातीय विभेदपूर्ण टिप्पणी वा उपहासले पीडित थिए। एशियालीहरू “नयाँ जातीय भेदभाव” र “घृणा अपराध” को नयाँ तारो बनेका छन्। एसियाली अमेरिकीमाथि लक्षित अपराध दरको वृद्धि अमेरिकी राजनीतिज्ञले चीनलाई आरोपित गर्ने गतिविधिसित सम्बन्धित रहेको जानकारी सीएनएनले दिएको छ। जसले एशियालीविरुद्ध सामाजिक भेदभाव र पूर्वाग्रहलाई बढाएको छ। गत वर्ष अमेरिकामा लगभग 3,800 एशियाली विरुद्ध घृणाका घटना भएका थिए। हालसालै सयौं मान्छेहरूले सार्वजनिक प्रदर्शन गरेर एसियाली अमेरिकीहरूमाथि लक्षित आक्रमणको निन्दा गरेका छन्।
त्यसका साथै अस्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालयबाट ३ हजार भन्दा बढी एशियालीमा गरिएको सर्वेक्षण अनुसार, ८४.५ प्रतिशत उत्तरदाताले सन् २०२० जनवरीदेखि अक्टुबरसम्म कम्तिमा एक पटक भेदभावको सामना गरिएको बताए।
यो हिमशिलाको एउटा भाग मात्र हो। उपचार, चिकित्सा तथा खोप लगाउने क्षेत्रमा जातीय विभेद र भेदभाव धेरै छन्।
१८ तारिख रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्वार्ता दिंदै “मानिसले आफैंजस्तो अरु मान्छेको विचार गरेर मूल्याङकन गर्ने बानी बसाल्नुपर्छ।”
यद्यपि स्वदेशमा गम्भीर जातीय विभेद भए तापनि अमेरिका र पश्चिमी देशले एकातिर आफ्नो मानवाधिकार लड़ाकूको छवि बढाउदै, अर्कातिर अरू देशमाथि निराधार मूल्याङ्कन गरिरहेका छन्। केही पश्चिमा राजनीतिज्ञ र मिडियाले “अनावश्यक” चीनको सिनच्याङमा “नरसंहार” को आरोप लगाएका छन्। यद्यपि ४० वर्षयता सिनच्याङमा युगुर जातिको जनसंख्या दोब्बर भएको छ, ६० वर्षयता समग्र आर्थिक मात्रा करिब २०० गुणा बढेको छ, र औसत आयु ४० वर्ष बढेको छ। यी तथ्यप्रति यी राजनीतिज्ञहरू र “विशेषज्ञहरु”ले कुनै ठोस प्रमाण खोजिरहेका छैनन्।
चीनका दार्शनिक कन्फ्यूसियसले भनेका छन्: एक भद्र मानिसले अरूलाई सच्याउनुअघि सर्वप्रथम आफैंलाई सच्याउनुपर्छ। यदि आफू गलत छ भने कसरी अरूलाई सच्याउनसक्छ?
आज मार्च २१ फेरि जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस हो। जातीय विभेद हटाउनु मानिसको भेदभाव र गुनासो हटाउनु हो। हामीले दृढ प्रयास गर्नुपर्छ र एकता तथा विकासमा व्यावहारिक कार्य गर्नुपर्छ। यो उक्साउनु वा विज्ञापन गर्ने विषय हुनुहुँदैन। साथै यो अरुलाई आक्रमण गर्ने निहुँ पनि बन्नु हुँदैन। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सबभन्दा राम्रो उत्तर दिनुभयो- साझा मानव भाग्य समुदायको निर्माण। संसारका विविध रंग र सांस्कृतिक पृष्ठभूमिका सबै जातिहरू हातमा हात मिलाएर एक भएमा हामी साँच्चिकै जातीय विभेद हटाउन सक्दछौं र समस्त मानवजातिको सामाञ्जस्य र साझा विकास गर्न सक्दछौं।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार