• नरेश चुडाल , हल्दिवारी – २ ,झापा

कहिलेकाहिँ मानिस परिस्थितिको दास बन्न पुग्दछ । अहिले विश्वले एउटा यस्तो अकल्पनीय संकटको सामना गरिरहेको छ, जुन २१ औं सतशताब्दिभित्र भएको चरम वैज्ञानिक खोज अनुसन्धान र भौतिक विकासमाथि नै गम्भीर चुनौती बनेको छ ।

स्वचालित प्रकृतिमाथि गरिएको अप्राकृतिक दोहनको नतिजा हो या फेरि पनि विश्वलाई आफ्नो आधिपत्यमा राख्न रचिएको महाजाल वा अहिलेसम्म आफैले आफैलाई सर्वश्रेष्ठकर तुल्याउन गरिएका वैज्ञानिक प्रयोग र अप्राकृतिक जीवनचर्याको संयोजन रु जे होस् पछिल्लो चरणसम्म आइपुग्दा प्रकृतिको अनुपम उत्कृष्ट उपहार मानव जीवनले यस्तो एउटा महाविपत्तिको सामना गरिरहेको छ, जसको अन्त्य सायदै होला ।

१७ औं शताब्दीमा देखा परेको प्लेग होस् या आधुनिक विश्व नामाकरण गरिएयता देखा परेको स्वाइन फ्लू ,बर्ड फ्लू या वर्तमान समयमा एउटा युग समाप्तिको चरणबाट दिनप्रतिदिन फैलदै गएको कोरोना भाइरसको नयाँ नयाँ भेरिएन्ट !

हामी मानव समुदाय , ढुङ्गे युगबाट विकसित भएर २१ औं शताब्दी यानि कि प्रकाशको गतिसित दौडन सक्ने अन्तरिक्षयात्री हामी , हाम्रो विकासको रफ्तार हेर्दा लाग्छ अब केही समयको अन्तरालमै चन्द्रमा , मङ्गल या अरु कुनै ग्रहमा हाम्रो नयाँ जीवनको सुरु हुनेछ र हामी यो पृथ्वी मात्र होइन अन्तरिक्षलाई पनि आफ्नो बशमा पर्ने आकांक्षाका साथ महत्वाकांक्षी योजना निर्माणसहित जितको नजिक छौ रु हामीले जेनेरिक मेडिसिनको निर्माण गरेका छौ , हामी यति शक्तिशाली देखिएका छौ कि हामी जुनसुकै प्राणीमाथि क्लोन गर्न सक्छौ यसको अर्थ यो हुन्छ कि हामी अहिलेको वैज्ञानिक अनुसन्धान र प्रयोगद्वारा विभिन्न कालखण्डमा रचिएका पौराणिक ग्रन्थमा झै चमत्कारिक महाशक्तिशाली महामानव यानिकी देउता बन्ने प्रयत्नमा छौं वा बनिसक्यांै ?

तर प्रश्न हामी महाशक्तिशाली बन्नु या नबन्नु मात्र होइन , ढुङ्गे युगबाट सुरु भएको हाम्रो विकासको यात्रा अन्तरिक्षमा रहेका अन्य ग्रह समेतलाई उपनिबेश बनाउने लक्ष्य र सामथ्र्य समेत हामीसित रहेको छ । यहाँ प्रश्न अहिलेको विकास क्रम या हामीले प्राप्त गरेका उपलब्धिहरु ‘पृथ्वी जुन हाम्रो स्थायी बासस्थान अनि हामी यहाँका बासिन्दा’ लाई चिरकालसम्म जोगाउन सक्छौ या अब यी सबैै वैज्ञानिक भौैतिक उपलब्धिले निम्त्याएको नकारात्मक प्रभावको कुचभुमरीमा हामी फस्दैछौ त्यो आउनेवाला समयले विस्तारै विस्तारै बताउँदै जाला ।

हामीले विकास गरेको ज्ञानको भण्डार अनि हाम्रो भौतिक विकास के हाम्रै विनासको कारण बन्न सक्छ?? के विकास सँगसँगै विनास पनि अबश्यभाबी नै हो त रुअब यी र यस्ता प्रश्नको उत्तर खोज्ने बेला आएको छ । हामीले समयको गतिसँगै कयौ भौतिक तथा वैज्ञानिक प्रयोगबाट आर्जन गरेको शताब्दीकै महान तथा नविनतम उपलब्धिमाथि बेलाबखत प्रश्न उब्जिने गरेपनि हालको परिस्थितिमा भने हामीले आर्जन गरेका सम्पूर्ण भौतिक चमत्कारको प्रक्रियालाई गम्भीर समीक्षा नगर्ने हो भने हाम्रो मानव समुदाय तथा बासस्थानको दीर्घकालीन अस्तित्वबारे विभिन्न भौतिक विज्ञान तथा धार्मिक पौराणिक ग्रन्थमा लेखिएका भविस्यबाणी नै सच सावित त हुने होइन यो प्रश्न दिनप्रतिदिन झन् जटिल बनेको छ ।

पछिल्लो शताब्दीका महान वैज्ञानिक तथा भौतिकशास्त्री स्टिफन हकिङ्सले पृथ्वीको आयुका बारेमा दिएको चेतावनीबाट पनि यो प्रष्ट हुन्छ कि हामी जतिजति भौतिक विकासमा अगाडि बढ्दैछौ त्यति नै विनासलाई पनि निम्त्याइरहेका हुन्छौ । उनका अनुसार हाम्रो अस्वाभाविक भौतिक विकासको चाहनाले हाम्रो बासस्थान यानिकी पृथ्वीलाई नै हामी बस्न अयोग्य बनाउँदैछौं । यहि गतिबाट हाम्रो भौतिक ÷आर्थिक क्रियाकलाप अगाडि बढ्ने हो भने त्यो समय यति छिटो आउने छ कि हामीसित अर्को परिपक्व स्थायी बासस्थान ब्यवस्थापनका लागि क्षणिक समय नहोला ।
यहाँ पृथ्वीको आयु तथा मानव जीवन जिउने कलाकै सन्दर्भमा गीतामा एउटा श्लोक वर्णित छ –

‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।’

यसको अर्थ यो हुन्छ कि जब हाम्रो उपस्थिति हाम्रा क्रियाकलाप प्रकृतिको नियमभन्दा विपरित हुन्छन् तब क्रिया आफै प्रतिक्रियामा स्वतः बदलिन्छ । जसको परिणाम हाम्रो अपेक्षाभन्दा निकै फरक र प्रतिकुल हुन्छ । यसबाट हामीले बुझ्नै पर्ने हुन्छ कि भौतिक पदार्थको अत्याधिक मोह आफैमा एउटा मायाजाल हो । जसलाई हामीले त्याग गर्न नसक्दा हामी स्वयम्को उपस्थितिले प्रकृतिको सन्तुलन बिगार्दछ । तसर्थ स्वचालित प्राकृतिक असन्तुलन विनासको कारक बन्न पुग्दछ ।

हामी हाम्रो बासस्थान यानिकी हाम्रो प्रकृति पृथ्वीको रक्षा गर्न चाहन्छौ भने प्राकृतिक सन्तुलनको पनि रक्षा अत्यावश्यक हुन्छ । तब मात्र समयको यो चक्रमा देखापरेका मानव सृष्टि विरोधी तत्वलाई परास्त गर्न सम्भव हुन्छ । अन्यथा हामीले हाम्रै लागि गरेको विकास विनासमा परिणत हुन कति समय पनि नलाग्ला ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार