- नारायणबहादुर बस्नेत
– नारायण बस्नेत
नेपाली काङ्ग्रेस र माओबादी केन्द्र बिच मिति २०७४ जेष्ठ २४ गते देखि संयुक्त सरकार बनेको थियो,साथै त्यही सरकारले संघिय सरकार र प्रदेश सरकारको निर्वाचन एकैपटक निर्वाचन गराउने मिति तोकि सकेको थियो,२०७४ साल मङ्सिर १० र २१ गते निर्वाचनका लागि। नेपाली काङ्ग्रेस र सत्ता गठबन्धन सहयात्री पार्टी माओबादी केन्द्र बिच चुनावी तालमेल गर्ने क्रममा बार्ता हुदै थियो।काङ्ग्रेस संग ३० प्रतिशत देशभर प्रतिनिधि माग गरेको अवस्थामा २५ प्रतिशत मात्र दिने काङ्ग्रेसको निर्णयलाई अस्विकार गर्दै ,सत्ता सहयात्री दल नेपाली काङ्ग्रेसलाई थाह नै नदिई (संगै गोडा जोडेर सुतेका सहयात्री) नेकपा एमाले संग ४० प्रतिशत प्रतिनिधि पाउने गरि निर्वाचन गठबन्धन गरेका थिए। नेपाली काङ्ग्रेसलाई कम्युनिस्ट पार्टीको गठबन्धनले निर्वाचन परिणाममा झट्का लागेको कही लुकेको छैन,परिणाम आफ्नो पक्षमा नआए पछि जनमतलाई स्विकार गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो l
२०७४ साल मंङ्गसिर १० र २१ गतेको निर्वाचन परिणामले नेपाली काङ्ग्रेसलाई प्रत्यक्ष निर्वाचन तर्फ २३ सिटमा सिमित गराए पछि ,दुई कम्युनिस्ट पार्टीका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अबको पचास बर्ष सम्म नेपाली काङ्ग्रेसले सत्तामा जाने सपना नदेख्न र नेपाली काङ्ग्रेसको तर्फबाट शेरबहादुर देउवा अन्तिम प्रधानमन्त्री हुने उदघोष गरेको साढे तीन बर्ष बित्न नपाउदै (उनैको भाषामा अन्तिम प्रधानमन्त्री भनिएका शेरबहादुर देउवाको घर बुढानिलकण्ठमा) केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड ,माधवकुमार नेपाल र झलनाथ खनाल धाएको कुरा कही कतै लुकेको छैन,बहुमतको प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार सम्बिधानले दिएको थिएन,दुई/दुई पटक संसद बिघटन पछि सम्मानित सर्वोच्च अदालतले संसद बिघटन असम्बैधानिक घोषणा गर्दै संसद पुनर्स्थापना गरे पछि ,संघिय सरकार र प्रदेश सरकारबाट नेकपा बाहिरिन पुगेको थियो। मिति २०७४ साल मङ्सिर १० र २१ गते भएको निर्वाचन परिणाम सबैको जानकारीका लागि पोष्ट गर्ने जमर्को गरेको छु।
दुई कम्युनिस्ट पार्टीको गठबन्धनमा निर्वाचन लड्दै गर्दा पनि नेकपा एमालेले ३१७३४९४ अर्थात ३३•२५ % मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले ३१२८३८९ अर्थात ३२•७६ % प्राप्त गरेको थियो। प्रत्यक्ष निर्वाचन परिणाम अनुसार नेकपा एमालेले १६५/८० सिट अर्थात ४९ प्रतिशत जित्न सफल भयो, माओबादी केन्द्रले १६५/३६ सिट अर्थात २२ प्रतिशत जित्न सफल भयो। नेपाली काङ्ग्रेसले १६५/२३ सिट अर्थात १४ % मा खुम्च्याउन सफल बनेको मत परिणामले स्पष्ट गरेको लुकेको छैन। समानुपातिक तर्फ नेकपा एमालेले ४१ सिट, नेपाली काङ्ग्रेसले ४० सिट र माओबादी केन्द्रले १७ सिट प्राप्त गरेको देखिन्छ।
स्थानीय तहको निर्वाचन यही आउँदो २०७९ बैशाख ३० गते एकै चरणमा हुने गरि मिति घोषणा भई सकेको छ,नेपाली काङ्ग्रेस र सत्ता गठबन्धनले आवाश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले गरि सकेको छ ,नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूलाई बिपक्षीले उक्साउने/भड्काउने कार्य गरेको सुनिने गरेको छ,बिगतका निर्वाचनमा कम्युनिस्ट पार्टीका गठबन्धनले नेपाली काङ्ग्रेसलाई जसरी साइजमा ल्याएका थिए,अहिले नेकपा एमालेलाई पनि सत्ता साझेदार गठबन्धनले पनि साइजमा राख्ने अवसर आएको छ,त्यसैले प्रिय साथीहरूलाई बिपक्षी नेकपा एमालेको भड्काउमा नलाग्न र नेपाली काङ्ग्रेसको केन्द्र, प्रदेश, जिल्ला,क्षेत्र र वडाको निर्देशनलाई पालना गर्नु हाम्रो कर्तव्य हुनेछ, सबै कृयाशिल एवम साधारण सदस्य ज्यू हरूलाई आग्रह र अनुरोध गर्दछु,धन्यबाद ##जयनेपाल##
सम्बिधान बने पछि ,समाबिधानको कार्यान्वयनका लागि भएको निर्वाचन नेकपा एमाले र माओबादी केन्द्र बिच गठबन्धन भई चुनाव लड्ने र निर्वाचन परिणाम पछि पार्टी एकिकरण गर्ने सहमति गरि भएको मिति २०७४ मङ्सिर १० र २१ को निर्वाचन परिणाम निम्नानुसार छ।: नेकपा एमाले प्रत्यक्ष तर्फ ३०,८२,२७७ मत ३०•६८% ८० सिट समानुपातिक तर्फ ३१७३४९४ मत ३३•२५% ४१ सिट जम्मा १२१
-नेपाली काङ्ग्रेस प्रत्यक्ष तर्फ ३५९०७९३ मत ३५•७५% २३ सिट समानुपातिक तर्फ ३१२८३८९ मत ३२•७८% ४० सिट जम्मा ६३
-माओबादी केन्द्र प्रत्यक्ष तर्फ १५१०७६० मत १५•०३% ३६ सिट समानुपातिक तर्फ १३०३७३१ मत १३•६६% १७ सिट जम्मा ५३
– राजपा प्रत्यक्ष तर्फ ४५८४०९ मत ४•५६% ११ सिट समानुपातिक तर्फ ४७२२५४ मत ४•९५% ६ सिट जम्मा १७
– संघिय समाजबादी प्रत्यक्ष तर्फ ५२७९२४ मत ५•२६% १० सिट समानुपातिक तर्फ ४७०२०१ मत ४•९५% ६ सिट जम्मा १७ सिट
-बिबेकशिल साझा पार्टी प्रत्यक्ष तर्फ ९६२३३ मत ०•९६% -०- सिट समानुपातिक तर्फ २१२२६६ मत -०- सिट
-राप्रपा नेपाल प्रत्यक्ष तर्फ ११८३१८ मत १•१८% १ सिट समानुपातिक तर्फ १९६७८२ मत २•०६% -०- सिट जम्मा १ सिट
– राप्रपा प्रजातान्त्रिक प्रत्यक्ष तर्फ १२३७९७ मत १•२३% -०- सिट समानुपातिक तर्फ ८८३७७ मत ०•९३% -०- सिट
-नया शक्ति पार्टी प्रत्यक्ष तर्फ ८४०३७ मत ०•८४ % -१- सिट समानुपातिक तर्फ ८१८३७ मत ०•८६% -०- सिट जम्मा १
– राष्ट्रिय जनमोर्चा प्रत्यक्ष तर्फ ७००१४ मत ०•७०% १ सिट समानुपातिक तर्फ ६२१३३ मत ०•६५% -०- सिट जम्मा १ सिट
– नेपाल मजदुर किसान पार्टी प्रत्यक्ष तर्फ ५२६६८ मत ०•५२% १ सिट समानुपातिक तर्फ ५६१४१ मत ०•५९% -०- जम्मा १ सिट
– अन्य प्रत्यक्ष तर्फ २५७०८२ मत २•४८% -०- सिट समानुपातिक तर्फ २९९०४९ मत ३•१४% -०- सिट जम्मा -०- सिट
– स्वतन्त्र प्रत्यक्ष तर्फ ७३२४३ मत १ सिट समानुपातिक-०- जम्मा १ सिट
: प्रत्यक्ष तर्फ जम्मा १००४५५५५ मत १००%= १६५ सिट =समानुपातिक तर्फ ९५४४७४४ मत १००%= ११० सिट जम्मा २७५ सिट हाम्रो निर्वाचन मिश्रित प्रणाली भएकोले कुनै एक पार्टीको मात्र बहुमत आउन नसक्ने हुँदा ,बहुमत ल्याउन लागि सत्तामा रहेका पार्टी होस वा अन्य कुनै पार्टी संग भए पनि गठबन्धन गरेर निर्वाचन लड्नु पर्ने हुन्छ र मात्र बहुमतको ठाउँमा पुगिन्छ त्यसैले नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिले आवाश्क्ताको आधारमा स्थानीय तहमा गठबन्धन गर्न सकिन्छ भनि निर्णय गरेको स्पष्ट पार्न चाहान्छु,धन्यबाद।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार