ज्ञानमणि भुर्तेल
तपाईं नलेख्नुस न दाई ! तोया दाईलाई असर पर्छ !! छिमेकी भाईको आग्रह !!
किन नलेख्ने भाई ? मेरो लेखाई र तोयाको उम्मेद्वारी सग के सम्बन्ध छ ? अनि मेरो लेखाईमा गलत चै के छ त ?
लेखाई ठिक छ दाई तर तपाईं र तोया दाई सगसगै हिंड्नु हुन्छ अनि मनपरि लेख्नुहुन्छ ! यस्तै हो भने तोया दाईले चुनाव हार्नु हुन्छ क्या ! चुनाव सम्म चै चुप लानुस न !!
तोयालाई नरुचाउने र हराउन चाहने तेस्रो शक्तिका प्यादाहरुको भाई मार्फत अघोषित धम्की थियोे त्यो !!
छोड्दिनुस दाई ! कति लेख्नुहुन्छ ? छुचो भएर ! जिल्ला सदस्य उम्मेद्वार भाईले प्रेमपुर्वक निधार खुम्च्यायो !!
तैंले लेखेर , चिच्याएर के हुन्छ ? तेरो कुरो कस्ले बुझेको छ ? कस्ले सुनेको छ ? अर्को बालशखा निस्कियो हप्काउने !
होस दाजु ! छोड्दिनुस !! यी थेत्तरालाई लेखेर कति छुचो बन्नुहुन्छ ? मेचिनगर निवासी बैनिको आग्रह !!
सबैभन्दा रमाइलो त जिल्ला पदाधिकारी उम्मेद्वार भाईको धम्किपुर्ण आग्रह बाट भयो ! उम्मेद्वारी दर्ताको दिन मन्दिरको कुनामा लगेर ‘ भाईहरुको गुनासो छ दाई ‘ भन्दा मैले सोधेँ – के गुनासो भाई ? उस्ले प्रष्ट्यायो —— हरुले भन्दैथिए – तपाईं त ज्ञानमणि दाई सग तँ तँ म म नै गरेर बोल्न सक्नुहुन्छ ! हामी दाईलाई माथी लान खोज्दैछौ ! क्षेत्रीय प्रतिनिधि पनि बनायौ ! उहाँ चै हाम्रै बिरोध लेखेर अप्ठ्यारोमा पार्दिनु हुन्छ ! सम्झाईदिनु पर्यो भन्दै थिए !
मेरो लेखाईमा गलत के छ त भाई ? मेरो लेखाईले के अप्ठ्यारो पर्यो रे ? अनि मलाई कता माथि लान्छ्न रे ? राष्ट्रपति त पक्कै बनाउदैनन होला ! लाजगाल एउटा क्षेत्रीय प्रतिनिधि बनाउने बित्तिकै उनिहरुको बारिको टमाटर झैं उनिहरुको ईच्छामा पिसिएर अचार बन्नुपर्ने हो ? यिनिहरुले माथि लाने भनेको मरेपछि झण्डा ओढाउने बाहेक केही लछारपाटो लाउदैनन ! मलाई त झण्डा ओढ्नु पनि छैन ! शरीर दान गरिसकेको छु ! टिचिङ्ग पुर्याएर चिर्छन ! मलामी पनि चाहिन्न भाई ! एकै सासको मेरो आक्रोश पछि बिस्तारै बोल्यो भाई – हैन दाई ! लेखाई ठिक छ ! गलत छैन !! तर तपाईं हामी जस्ता कलमजिविले त बामपंथीको पो खोईरो खन्नुपर्छ ! काङ्ग्रेसको लुकाउनु पर्छ ! अरुको खोतल्ने हो आफ्नो लुकाउने हो दाई ! उस्ले मेरो कलममा आफ्नो ब्राण्ड्को मसि घोल्न खोज्यो !
बामपंथीको बिकार दुर्गन्धित र काङ्ग्रेसको चै सुगन्धित हुन्छ र भाई ? मेरो लेखाइ गलत भए गलत र सहि भए सहि भन्न सक्नुपर्यो नि भाई ! काङ्ग्रेसको गलत कामले काङ्ग्रेस बिग्रीदैछ ! त्यसलाई सपार्न बिरोध लेख्न र बोल्न जरुरी छ ! सक्छौ त्यसो गर्न ?
म अहिले केही बोल्दिन दाई ! बोलेर चुनाव हार्नु छैन मलाई !!
सत्य बोल्दा चुनाव हारिन्छ भने हार भाई ! तिमी हार्दा काङ्ग्रेस जित्छ भने तिमिले हार्नु जरुरी छ ! ०६३ को आन्दोलन एक्लै हाँकेको दम्भ बोक्ने प्रतिबद्ध काङ्ग्रेस आज प्रतिबद्ध दास पो भएछौ त भाई !
जे भन्नुस दाई ! अहिले म केही बोल्दिन !! भाईले बिट मार्यो !!
मेरो लेखन रोक्ने यी आग्रह रुपि रोचक धम्कि थिए ! ( पुलिसले पुच्छर खोजेको रोचक कथा कुनै दिन लेख्नेनै छु )
वाक्क लाग्यो ! दिक्क लाग्यो !! उल्लेखित प्रसंगका कुपात्रका अघोषित धम्किका कारण साच्चै भनेको लेख्ने जाँगर नै हरायो ! काङ्ग्रेस अधिबेशन पछि सानोतिनो छुस्क्याई बाहेक खासै केही लेखिएन पनि !
हराईयो त हौ ! कता हो ?
किन लेख्न छोडेको ? के भो ?
खै ! अचेल त आउनै छोड्यो त ?
पाईलै पिच्छेका यी र यस्तै जिज्ञासा लाई कुनै बेला किच्च दन्त प्रदर्शन गरेर त कुनै बेला माथि उल्लेखित प्रसंग सुनाएर अनि कुनैबेला नभ्याएको बहाना बनाएर टार्ने समेत गरिन्थ्यो !
संयोगबस कर्फोक एउटा् भाईको घरमा बास बस्न पुग्दा प्रसंगबस भाई बोल्यो – बुवाले तपाईंको लेखनको खुव तारिफ गर्नुहुन्छ ! बुवाको नाम सोधेपछी सम्झना भो – कुनै अपचिरित प्रौढ ब्यक्तिको friend request आएपछि मैले accept गरेको थिएँ ! बेलाबेला कमेन्ट पनि लेख्नुहुन्थ्यो ! हौसलायुक्त र प्रेरणादायक हुन्थे ! नेपाल सरकारको उच्च पद बाट सेवा निबृत बौद्धिक ब्यक्ति बाट आएको टिप्पणीले फुर्किनु स्वभाविक नै थियो मेरा लागि !
अर्को एक ईलामे साहित्यकार दाईको आदेशनात्मक हप्काई आयो – किन लेख्न छोडेको ? खुरुक्क आफ्नो लेखाइ लाई कायम राख ! कसैले बुझुन नबुझुन हामी बुझ्ने पनि छौं ! उहाँको आदेशयुक्त हप्काईमा स्नेह प्रेम अनि हौसलाको मिश्रण थियो !
उहाँ र उहाँ जस्तै शुभचिन्तकको प्रतिक्रिया पछि कुनै समय ईन्दिरा गान्धीको भनाई सम्झना भो – कुनै पत्रकारले आफुलाई मन पर्ने पत्रीकाको नाम सोध्दा ‘ माया ‘ भन्दा अचम्मीत पत्रकारलाई प्रष्ट्याउदै भनेकी थिईन – मेरा आलोचक नै मेरा मित्र हुन जसले मेरो कमि कमजोरी औल्याउँदै मलाई सचेत गर्छन ! प्रसंसकले बिगार्छन !!!
तुलना गरें – नलेख्न धम्की दिने र लेख्न धम्की दिने बिच ! पहिलोमा आक्रोश थियो ! तिक्तता थियो !
दोस्रोमा स्नेह थियो ! हौसला थियो !! प्रेरणा थियो !
पहिलो जमात नेताको बिकारलाई अपुङ्गो मान्छ ! दोस्रो जमात बिकारलाई बिकार भन्ने तागत राख्छ !! पहिलोको खोपडीमा लिदि भरिएको छ ! दोस्रोको खोपडीमा गिदि भरिएको छ !! लिदि बोकेकाले नबुझ्लान , मन नपराउलान ! गिदि बोकेकाले बुझ्दा रैछन ! मन पनि पराउदा रैछन !! मैले दोस्रो जमातको आग्रह रोजें !!
होला – लेखाई कहिलेकाही घोचिलो होला ! कुनैबेला पेचिलो होला !! घोच्ने पेच्ने मौका दिने त स्वयं नेता नै हुन क्यारे ! उनिहरुले आफ्नो चाक आफैं पखाल्ने हैसियत राखे त्यो मौकै आउँदैन नि ! तर आलोचनाको बाल्टिमा शुद्धताको पानी बोकेको पात्र पन्छाएर मकैको खोयो बोकेको पात्र बाट चाक सफा हुन्छ भन्ने भ्रम बोकेर हिंड्ने हो भने निदान सम्भव छैन ! आलोचनाको बाल्टिमा शुद्धताको पानी बोकेर चाक पखाल्न हिंडेको हनुमान र खोयो दल्न पल्केको बाँदर छुट्याउन सक्ने क्षमता राख्न सके नेतृत्वकै भलो होला ! हामी त भुइँमान्छे मात्र हो !!! पानी प्रयोग गरे चाक पखालिन्छ ! खोयो दले झन दुर्गन्ध फैलिन्छ ! चाक पाछ्नु त छदैछ !!!
म नेताको पछि पानीको बाल्टी बोकेर कुदेको छु ! गोबर हालेर रुखको जरा मजबुत पार्न प्रयत्नशील छु ! बाँदरहरु हाँगा हल्लाउन ब्यस्त छ्न ! गोबर हाल्दा केही समय हात गनाउला ! पानी हाल्दा केही बेर चिसो महसुस होला तर दीर्घकालीन रूपमा जरा पनि दरो हुन्छ ! पिछ्वाडा पनि सफा हुन्छ !
त्यसकारण मित्रहरु – नेताको चाकको बिष्टा सफा गर्ने बहानामा खोयो दलेर अझ दुर्गन्ध नफैलाउँ !! नेताको चाक गनाउँदा स्वभाविक रूपमा तपाईं हाम्रो नाक पनि गनाउँछ ! आफ्नो नाक काटेर नेताको चाक टाल्ने काम बन्द गरौ !!
खोयो दलेर चाक पखालिन्न ! बेलैमा चेत खुलोस !!
जय नेपाल !!!!
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1