कुरा मध्यान्न तिरको औधी गर्मीे । गरम मौसम, ठाउँ न्यानो तर मौसमसँग बहेको हावाले दृष्य त देखाइदिन्थ्यो तर आवाज केही सुनाइदैनथ्यो । कुरा २०७५ साल तिरको होला म मोरङ्ग हुँदै विर्तामोड तिर गइरहेको थिएँ ।

काठमाडौंको बसाई पछि घुम्न निस्किएको म ओरालो, चौबाटो हुँदै तराईका फेदी भएर एक्कासी विर्तामोड पुग्नु रहर नै थियो । घमाइलो पनि ।
मोटरबाटो खुकुलो थियो । जब मोरङ्ग पुगियो रिक्साको साख म¥यो ।
एक विद्यार्थी अनि परिवारको सदस्य प्राय स्वविचारीत ताततातो मष्तिस्कले राजधानी छाडेपछि अलि सहानुभूति पाउँदै समथर पूर्वी तराईमा एकाध महिना विताउनु रमाइलो त हुने नै भयो ।

दशैंमा टिका ग्रहण गर्नु एउटै उद्वेश्यका साथ लागि परेको म कोही सखाको खोजीमा विर्तामोड हिँडे दुर्गापुर देखि । चिसो रुखका हावा त्यससँग सँगै खन्किएको बतास र चिसो हावाका लहरले मन्त्रमुग्ध पार्दै मोटरवाइकमा प्रकाश मामा र म सँगै लाग्यौं । रमाइलो पक्ष । शहरको कमाउनु पर्ने मजबुरी र एकान्तवासको लामो बसाइपछि छुट्टीका त्यो दिन रमाइलो नै थियो ।

त्यससँग सँगै म पत्रकारितामा इच्छुक व्यक्ति केही रोचक कथावस्तु खोज्दै झुम्मिएको थिएँ आफैं । बसाई राम्रै हुन्छ जहाँपनि । तर अन्तरालको धेरै लामो बसाई साख लाग्दो हुँदैन विना अर्थोपार्जन । भनिन्छ खालि हात जगन्नाथ । त्यस्तै वेफिकरी जिवन अपट्यारीलो हुन्छ तातो रापमा । काठमाडौं छइन्जल मामाघर र घरको निकै न्यास्रो आउँछ त्यहाँको पर्यावरण र चिनारीले त्यसै मन अमिलो हुन्छ नपुग्दा । कामै काम बढ्दो वेरोजगारी, आवाजबाट व्याकुल काठमाडौं मा विना सोच र मित्रता पाकेको फर्सी जस्तै हुँइदो रैछ ।

मनका काँडा, चिन्ता, अपर्याप्त शिक्षाको कमी र रिस्ता नाता वेगरको गैह्र बसाई । खुसी सुखी सम्पन्नता भए नी के भयो नाता गोता सबै उतै भएछीलाई कर्म घर अन्यारो लाग्दो रहेछ । विपन्नता र सम्पन्नता विचको गहिरो तामझाममा ढडेलो लागेको जस्तो रहनसहन खोज्ने चिसो व्यवहार आफ्नै जीवनको खती भनेझैं तामझाम सहितको जीवनशैली निरर्थकताको पराकाष्ठा यस मानेमा सबै मानिसको जिवन एकनासको बसोबासाइ मात्र हुने रैछ सतक सम्म ।

त्यसो त खानकी मात्र सर्वगुण हो भन्ने लक्ष्य मानव समुदायको होइन नी । हामी राजधानी छिरेको जीवनस्तर उकास्न हो । उच्च शिक्षाका लागि । तर आर्थिक कमाईका लागि मात्र समय व्यतित गर्ने हो भने मानिसले के जिवन जिउनु निरर्थक । आलश्यता । व्यग्रता र छटपटाहट ।

केही बन्ने अठोट । मान्यता । आदर्श । पारिवारीक प्रेरणा सहित हरेक यूवालाई जोस जाँगरले एउटा गोरेटो देखाइदिने काठमाडौं शुरुमा त रहरको खानी पो हुन्छ त ! विद्यार्थी कालमा मेहेनतका साथ पढि हिँड्ने बानी काम गर्दै जाँदा छुटेछ । कता कता अल्झिएछ र त्यतीकै बुढापाले छोएछ केही नगरी । केवल समयको अन्तराल कटाउँदा ।

त्यसो त धन कमाउन लाग्ना साथ कहाँ अर्थको चाँजोपाजो लाग्ने हो । न सिँधै मुग्लान पसिन्छ र ! विद्यार्थी कालमा विदेशीने सोच पनि पलाउँदैन । न त कुनै ज्ञान । अभावको जिन्दगीमा परिक्षाको मात्र ध्याउन्न । अनि पारिवारीक माहोलको ।

मैले कता कता एक मिथ अफ सिसि फस को कथा पढेको थिए । कसैको भावि जन्मदै लेखिएको हुन्छ  र ! मानिसले आफ्नो जीवनको वर्ग अनुसारको काम पाउँछ त ! सामान्य मानिसले सधैं एकोहोरो चट्टान बोकेको जस्तो निरन्तर काम गर्दै जाँदा पाखुरा अठ्ठीलो बनाउँदा केही दाम त पाउला । सगरमाथाको चुचुरो माथि जव ढुङ्गा पुग्छ फेरी त्यो ढुङ्गा जमीन तर्फ दगुरीँदा  अव कसरी ज्यानको परवाह राखेर कर्म गरेर ढुङ्गा डुलाउने हो । एकाध रुपमा दाम कमाउने मानिसको जीवन पनि त्यही हो निरर्थक । मरण सम्म पैसाको लागि काम गर्नै पर्ने जीवन । त्यहाँ आनन्द, साख, उत्तेजना, मात र माया थोरै मात्रामा पाइन्छ । रित त्यही हो जस्ले भनेपनि । जीवनको वस्तुगत यथार्थता यही नै हो । त्यसैले जीवनको पहिले नै उद्वेश्य के लिनु चन्द्र छुनु एक हुनुपर्दछ आखिरमा मृत्यु पनि त अवश्यसम्भावि छ ।

तर कुनै काम आफू रोजी खुसी गर्छु भनेर अडान कस्ने हो भने अविसादमा परिँदो रहेछ कहिलेकाँही मूर्खता हुने रैछ । त्यसैले भरपर्दो जीवन ज्युन आर्दशलाई थाती राख्दै पैसा, पारिवारीक सम्बन्ध, साथीभाई, मित्रता सँग साझेदारी राख्दै गोप्य रुपमा अगि बढ्नु हितैषी हुने रैछ ।

यही रुपमा राजधानी छिरियो भन्नाले विद्यार्थी र केही काम बटुली जिवन जीउन त्यस्तै । खै जीवनको तिन दशक नाघ्दा पनि राजनीति, आर्थिकता, संस्कृति त त्यही हो जीवनस्तर त जाँहीको त्यही छ ।

ॐ सर्वेभवन्तु सुखिमय सर्वे सन्तु निरामय भनेँझै मानिस सार्थक हुन इश्वरको छायाँ रुपि भक्ति पनि हुनुपर्छ । ज्ञान, ध्यान र इश्वरको पूजा गर्ने हो भने जीवन सफल अवश्य हुन्छ जस्तै चोटीला क्षणमा पनि जीवन सार्थकताको हकमा पुग्नेछ ।
जीवन सुखी हुन्छ, सादा बन्छ ।
समिर न्यौपाने
काठमाडौं ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार