झापा क्षेत्र नम्वर:-१ बिगत २०४८ सालको संसदीय निर्वाचन देखि नै उपेक्षित क्षेत्र बनेको छ,झापा क्षेत्र नम्बर :-१ , क्षेत्र समायोजन हुदा २०४८ सालको निर्वाचनमा चन्द्रगढी, दुवागढी ज्यामिरगढि, धाइजन, धुलावारी,बाहुण्डागी र काकरभिट्टा गा बि स  तत्कालिन ३ नम्बर क्षेत्रमा परेका थिए, र २०४८ साल बैशाख २९ गते देशैभर निर्वाचन भयो, नेकपा एमालेका राधाकृष्ण मैनाली बिजयी बने,हाल उनि त्यो पार्टीमा आस्था र बिचार राख्दैनन,२०५१ को मध्यावधि निर्वाचनमा पनि यिनै गा बि स हरू नै तत्कालिन क्षेत्र नम्बर:-३  थियो र २०५१ साल कार्तिक:-२९ गते देशैभर एकै चरणमा निर्वाचन भयो नेकपा एमाले बाट देबि ओझा बिजयी बने तर उनिपनि त्यो पार्टीको बिचार छाडि सके, २०५६ को आम निर्वाचनमा काकरभिट्टा र धुलाबारी गा बि स मिलि मेचिनगर नगरपालिका २०५४ सालमा बनि सकेको थियो क्षेत्र चाहि यिनै थिए,र ३६ जिल्लाका ९३ निर्वाचन क्षेत्रमा २०५६ बैशाख २० गते र ३९ जिल्लाका ११२ क्षेत्रमा २०५६ जेठ ३ गते निर्वाचन भएको थियो।

यो निर्वाचन पछि धेरै उथलपुथल भयो,  माओवादी बिद्रोहीको रूपमा जन्म भयो, २०५८ साल जेठ १९ गते तत्कालीन राजा बिरेन्द्र र उनको वंश बिनास भयो राजपरिवारका दश सदस्यको हत्या भयो,सम्बिधानमा भएको प्रावधान अनुसार ज्ञानेन्द्र राजा भए। दुई/दुई  पटक राजा बन्ने अवसर पाए पनि राजसंस्थाको सही सदुपयोग नगरेकै कारण नागर्जुन दरवारमा मात्र सिमित हुन पुगे।त्यो समयमा माओवादीहरूले  आन्दोलनलाई उत्कर्षमा पुर्याएका थिए,यतै मान्छे मारिएका उतै मान्छे मारिएका ,कारुणिक दृश्य नेपाल आमाका सन्तान नै मारिएका,बिद्रोही पक्षबाट होस वा राज्य पक्षबाट, राजाले गद्दीमा बसेर सम्बैधानिक राजाको भूमिका निर्वाह गर्नु पर्नेमा ,मन्त्री परिषदको अध्यक्ष बन्दा, ०६२/०६३ को आन्दोलन भयो,त्यही आन्दोलनबाट  बिद्रोही पक्ष र संसदीय पक्षका बिच दिल्ली सम्झौता हुदै देश संघिय गणतन्त्रमा परिणत भयो र राजापनि नागर्जुन दरवारमा सिमित बन्न पुगे।

२०६४ चैत २८ गते सम्बिधानसभाको निर्वाचन भयो,दुई बर्ष म्याद थपियो। कम्युनिस्ट पार्टीका चार/चार जना प्रधानमन्त्रीहरू ,प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई  प्रधानमन्त्री बने तरपनि सम्बिधान बन्न सकेन, अन्त्यमा कम्युनिस्ट प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बिधान सभा बिघटन गरे, राजनैतिक सहमतिको आधारमा खिलाराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गर्ने र नेपालको बिशिष्ट श्रेणीमा काम गरेका सेवा निवृत्त भएकाहरूबाट एघार सदस्सिय मन्त्री मण्डल गठन हुने गरि सहमति भएको थियो।उक्त सरकारले दोस्रो सम्बिधान सभाको निर्वाचन २०७० मङ्सिर ४ गते एकै चरणमा गरायो।निर्वाचन क्षेत्र पुन: परिवर्तन भई ७५३ स्थानीय तहको ब्यबस्था भयो, जस अनुसार मेचिनगर नगरपालिकाको पुरै क्षेत्र, बुद्धशान्ति गाउपालिकाको साबिक शान्तिनगर गा बि स र भद्रपुर नगरपालिकाको साबिक चन्द्रगढी गाविसलाई  यस क्षेत्रमा समायोजन गरियो।सम्बिधान सभाको निर्वाचनमा मत माग्न जादा नै नेपाली काङ्ग्रेसका हाल निर्वाचित महामन्त्रीले भाषणमा भनेका थिए,

हामी यस अघिको सम्बिधान सभामा सानो आकारमा मात्र बिजयी बनेका थियौ, यो निर्वाचनमा हामीलाई बहुमत दिनुहोस। बहुमत दिन सक्नु भएन भने पनि सबैभन्दा ठूलो दलको रूपमा बिजयी बनाउनुहोस भनि भोट मागेका थिए,नभन्दै सबै भन्दा ठूलो पार्टीको रूपमा मतदाताहरूले स्थापित गरे ,आफुले बोलेको वाचा पुरा गरे , उक्त निर्वाचनमा उनै बिश्वप्रकाश शर्मा पनि उमेदवार थिए, ६८९ मतान्तरले उप बिजेता बन्न पुगे,सम्बिधान सभामा उनको उपस्थिति नभएपनि शुशिल कोइरालाको नेतृत्वमा सम्बिधान बनि २०७२ साल आश्विन ३ गते सम्बिधानको घोषणा भयो।समय बित्दै गयो पुन: २०७४ साल मङ्सिर १० र २१ गते संघिय निर्वाचन भयो, यस क्षेत्रबाट उनै बिश्वप्रकाश शर्मा उमेदवार थिए ।
नेकपा एमाले र माओवादीबीच चुनावी तालमेल भयो, दुई ठूला कम्युनिष्ट पार्टीको तालमेलको कारण पुन २८६३ मतान्तरले उप बिजेता मा नै चित्त बुझाउनु परेको थियो। नेपाली काङ्ग्रेसले देशैभरमा २३ सिटमा मात्र  बिजयी बन्न सफल भएपछि जनताले दिएको मतपरिणाम अनुसार प्रतिपक्षमा बस्ने निधो गरेको काङ्ग्रेसलाई ४१ महिना पछि, त्यही ठूला दुई कम्युनिस्ट पार्टीका निर्वाचित प्रतिनिधिहरूले अब काङ्ग्रेस प्रतिपक्षमा हैन,सत्ताको नेतृत्व गर्नुपर्छ,यो देशको सरकारको नेतृत्व काङ्ग्रेसले मात्र गर्नसक्छ भनि अनुनय बिनय गरेपछि शेरबहादुर देउवाको अध्यक्षतामा पाँच दलीय गठबन्धनले सरकार चलाई रहेको छ र त्यही सरकारले यही २०७९ साल मङ्सिर:-४ गते एकै चरणमा निर्वाचन हुने मिति समेत घोषणा गरिसकेको छ।
उपेक्षित क्षेत्र कसरी भयो,
२०४८ सालको आम निर्वाचनमा नेपाली काङ्ग्रेस बाट तत्कालिन २ नम्बर क्षेत्रमा बसोबास गर्ने हाल स्वर्गीय भइसक्नु भएका चक्रप्रसाद बास्तोलालाई उमेदवार बनाईयो,प्रबुद्ध व्यक्तित्व भएपनि,क्षेत्रमा परिचित नभएको कारणले बिजयी बनाउन सकिएन त्यसै गरि २०५१ को मध्यावधि निर्वाचनमा पनि क्षेत्र नम्बर ४ बाट गोपालकुमार बस्नेतलाई पार्टीले  उमेदवार बनायो,उहाँपनि क्षेत्रमा परिचित नभएको र छिमेकी भारतको बङ्गाल राज्यमा एकक्षत्र रूपमा ज्योति बसुको कम्युनिस्ट पार्टीले शासन गरेको प्रभावले पनि यो १ न क्षेत्रलाई बिजयी बनाउन सकिएन २०५६ को निर्वाचनमा नरेन्द्रबिक्रम नेम्वाङ्ग उमेदवार बन्नु भयो उहाँ यही क्षेत्रवासी भएको कारण बिजयी त बन्नु भयो,तर माओवादी द्वन्द्वको कारण गाउ पस्न सक्ने स्थिति नभएको कारण केही काम भएपनि सन्तोषजनक काम गर्न नसकेको कारण २०६४ को सम्बिधान सभाको निर्वाचनमा उनै नेम्वाङ्ग करिब एकहजार मतान्तरले उप बिजेतामा नै चित्त बुझाउनु पर्यो, त्यो बेला माओवादीको प्रभावको कारणले सो पार्टीका धर्मप्रसाद घिमिरे बिजयी बने।यसरी नेकपा एमाले बाट क्रमश राधाकृष्ण मैनाली,देबि ओझा, जस्ता व्यक्तित्व उठाएर बिजयी बनाए पनि खास आफ्नो क्षेत्रलाई हेर्ने नजर फरक परेकाले बिकाश हुन सकेन भने सबै जसो पार्टीहरूले उमेद्वार आयात गर्ने परम्पराले यो क्षेत्र उपेक्षित हुन पुगेको भन्ने लाग्छ।
“२०७९ साल मङ्सिर ४ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेसका महामन्त्री श्री बिश्वप्रकाश शर्माले सेतो पाटी अनलाइन खबरलाई “प्रेम उता,घरजम यता हुन्न”भनि स्पष्ट शब्दमा भन्नु भएको छ, काठमाण्डू निर्वाचन क्षेत्रमा प्रचारको क्रममा पुग्ने नै हो, बागमतीको किनारलाई ढोग्ने हो ।अर्का गठबन्धनका उमेदवारलाई सम्मानसाथ साथमा लिएर निर्वाचन झापा मै लड्ने हो।म मेचि र निन्दाको मान्छे हु, प्रेम झापामा ,घरजम काठमाण्डूमा हुदैन।”
भन्नु भएपछि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू उत्साह बोकेर अघि बढेका छन भने पाँचदलीय गठबन्धनका मतदाता मात्र नभई मर्दा पर्दा साथमा आउने ,बिरामीको उपचार सहज बनाइदिने, बाटो ,पुल पुलेसा, मठ ,मन्दिर देखि लिएर हात्ती रोक्न लगाएको सोलार तार अनि यस क्षेत्रलाई रिङ्गरोडले जोड्ने अवधारणा अनुसार डिपिआर गर्ने सम्मका काम उनै बिश्वप्रकाश ले गरिरहेका छन भने मतदान चाहि किन नेकपा एमालेमा हाल्ने भनि धेरै कार्यकर्ताहरू जागरूक भएको पाइन्छ, र मतदाता भन्दैहुनुहुन्छ २०४६ साल देखि पार्टीमा लागियो पुरै मेचिअञ्चल नै लालकिल्ला बनाईयो तर हामीले के पायौँ, गएको संघिय निर्वाचनमा कम्युनिस्टहरू एक हुने भए एक पटकलाई पुन: हेरौ दुई तिहाइको सरकार भएपछि गर्छ कि भन्ने लाग्यो, मतदान गर्यौ खड्गप्रसाद ओली को सरकार बन्यो र त्यो सरकारका प्रधानमन्त्रीले अब पुरै पाॅच बर्ष मात्र हैन पचास बर्ष सम्म कुनै पार्टीले सरकार बनाउछु भनेर नसोचे हुन्छ भनेका थिए ,४१ महिना मात्र शासन चलाएर कम्युनिस्ट पार्टी बिभाजन मात्र गरेनन,छ वटै प्रदेश सरकारबाट समेत हात धुनु परेको इतिहास अबका पचास बर्ष पछिका युवा पिँढीले पढ्न पाउने छन भन्दै मतदाताहरू अघाडी भन्नुहुन्छ ,हामी कम्युनिस्ट बनेर केही काम रहेनछ कम्युनिस्टमा न बिचार रहेछ, न काम गर्ने शैली नै ,रहेछ त केवल सत्तामा जाने आफ्ना आसेपासे नातेदारहरूलाई उच्च ओहदामा पुर्याउने,भ्रष्टाचार गर्ने,सुनकाण्ड, टङ्किमा पैसा राख्ने देखि सरकारी जग्गा त्यो पनि बालुवाटार बेच्ने देखि सावधान हुनेछौ भन्दै ,अब काङ्ग्रेस बाहेक अरू पार्टीले सरकार चलाउन नसक्ने रहेछ,त्यसैले हाम्रो भोट #नेपाली काङ्ग्रेसलाई,नेपाली काङ्ग्रेसको बिश्वप्रकाशलाई# भन्ने नारा गाउ/ गाउमा गुञ्जायमान गराउदै छन ।त्यसैले हाम्रो मत #रूखचिन्हमा# भन्दै भोट बिपक्षी साथीहरूले समेत मत मागेको पाउछौ।
अन्त्यमा राजकुमार कार्की जी को कविताको केही अंश प्रस्तुत गर्न मन लाग्यो:-
“गाउँका  बा आमाहरु तिम्रै पर्खाइमा बाटो हेरि बसेका छन्
कहिले आउछ  सानो बि पि भनेर।
तिम्रा बालसखाहरु पनि तिम्रै पर्खाइमा छन्।
ती नेवार आमाको दस धारा दुधको भार तिर्न पनि तिमीले झापा एकबाटै चुनाव लड्नुपर्छ।
राम्रो शिक्षा र रोजगारको खोजीमा विद्यार्थीहरु बेरोजगारहरु।
सबै मङ्सिर चारको पर्खाइमा छन्
तिमीलाई मत पत्र बाट विजयी गराउन आतुर छन्।
सयपत्री मखमली जाइ जस्ता हजारौं फूल  तिम्रो गलामा झुन्डिन तयार छन्
त्यो रातो रंग तिम्रो विजयी उत्सव मनाउन तयार छ।तिमी हिराहरुमा कोहिनुर रहेछौं माफ गर हामीले चिन्न सकेनौं
तिमीसँग सिङ्गो मुलुक बनाउन सक्ने दुर दृस्टि भिजन रहेछ
त्यसैले एकपटक हामी झापा क्षेत्र नम्बर एकका मतदाताहरुलाई मुलुक बनाउने भाग्यशाली मतदाता भनेर इतिहासमा सुनौलो अक्षरले लेख्ने मौक्का देउ।
हामी अब दल भन्दा माथि उठेर झापाको कोहिनुरले मुलुकको मुहार फेरेको हेर्न चाहान्छौ।

त्यसैले तिमी आउ विश्व प्रकाश जसरी अधेरी रातलाई बिहानीको सूर्यको किरणले उज्यालो बनाउछ
त्यही प्रकाश भएर तिमी आउ विश्व प्रकाश।”
यति लेख्दै नेपाली काङ्ग्रेस क्षेत्र नम्वर:-१ का आदर्णिय मतदाताहरूमा आग्रह गर्न चाहान्छु यही मङ्सिर ४ गते हुने संघिय निर्वाचनमा बिश्वप्रकाश शर्मालाई नेपाली काङ्ग्रेसको #रूख# चिन्हमा अत्याधिक मत दिई बिजयी बनाई यस क्षेत्रको साथै समग्र बिकाशका लागि हार्दिक आग्रह र अनुरोध गर्दछु,धन्यबाद
नारायणबहादुर बस्नेत
मेचिनगर:-८ मेचि अञ्चल ,झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार