वास्तवमा भारतमा इष्ट इन्डिया कम्पनीले राज्य गरेको समयमा भारत छोडो आन्दोलनको शुरूवात भारतीय नेता सबैका बापु महात्मा गान्धी, मोतिलाल नेहरू ,जवाहरलाल नेहरू,भीमराव अम्बेडगर, सरदार बल्लभभाई पटेल,डा राजेन्द्रप्रसाद,महमद अलि जिन्ना आदि नेताहरू क्रान्तिमा होमिएका थिए तर भारतीय जनता पार्टी वा राष्ट्रिय सोयम सेवक संघ त्यसको बिपक्षीमा रहेको कुरा सबैलाई सर्व बिधितै छ,यस बिषयमा भारतीय सञ्चार माध्यम अन्तर्गत टीभी डिबेट कार्यक्रममा आउने बिषय बनेकोछ,खासगरी भारतीय जनता पार्टीका एकलौटी समाचारदाता ,खासगरी गोदी मिडियाले भारतीय सरकार र भारतीय जनता पार्टीको मुखपत्र को रूपमा काम गरिरहेको देख्न पाउछौ,l
अहिले भारतको शासन प्रणाली फरक ढङ्गले चलेको देख्न पाइन्छ,लोकतान्त्रिक ढङ्गबाट चुनिएका बिधानसभा सदस्यहरू र सरकारका मन्त्रीलाई भ्रष्टाचारको मुद्दा लगाउने र फुटाउने रणनीति अख्तियार गरेको मध्यप्रदेश बिधानसभा सरकार प्रत्यक्ष उदाहरण बनेकोछ, माधवराव सिन्धिया भारतीय काङ्ग्रेसमै रहेर जीवन उत्सर्ग गरे भने,बिधान सभा निर्वाचनको बेलामा काङ्ग्रेसका स्टार प्रचारक उनैका छोरा जोतिरआदित्य सिंधियाले भारतीय प्रधानमन्त्री श्री नरेन्द्र दामोदर दास मोदीको प्रचारको शैलीमा प्रचार गरी काङ्ग्रेसको कमलनाथको नेतृत्वमा सरकार बनेकोथियो, केही समयको अन्तरालमा आफ्नै सरकारलाई उनै जोतिरआदित्य सिंन्धिया सहित तेइसजना सासदले सरकार छोडेपछि भारतीय जनता पार्टीले शिवराज सिंह चौहानको नेतृत्वमा सरकार गठन गरेर चलाई रहेका छन, कट्टर हिन्दुबादी शैलीमा सरकार चलाईरहेको बिश्व समुदायले हेरिरहेकोछ,l
आसाम राज्यमा पनि त्यसरी नै हेमन्त बिश्व शर्मालाई भ्रष्टाचार मुद्दामा केस लगाए पछि भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए,भारतीय जनता पार्टी प्रवेश संगसंगै भ्रष्टाचार पनि रहेन दुधले नुहाएर चोखो भए सरह भएको उदाहरण देखेकाछौ,l
यता बङ्गालमा पनि त्यसै गर्न खोजिएको थियो भाजपाको शासन गर्ने #फुट गराउ सासन चलाउ#शैली बुझि सकेकी साठी पार भएकी एक अविवाहित सादगी महिला नेता ममता बेनर्जि माथि कमजोर साबित बनाइन भारतीय जनता पार्टीलाई। गएको निर्वाचन भन्दा एघार सिट बढि जितेर त्रिमूल काङ्ग्रेसको सरकार बनाई ह्याट्रिक गरिन,l
भरखरै मात्र माहाराष्ट्रमा माहाबिकाश अघाडी अर्थात “शिव सेना, भारतीय राष्ट्रिय काङ्ग्रेस, र एनसिपिको सरकारलाई भारतीय जनता पार्टीको केन्द्रीय सरकारले शिवसेनाको एकनाथ सिंधे गुट खडा गरेर छत्तीस बिधायक भारतको गुहाटीमा राखेर सरकार ढालेको इतिहास ताजैछ। यो पनि आउदा युवाहरूले पढेर बुझ्न पाउने इतिहास बनेको छ।
नेपालमा पनि संगै सुत्दा गोडा लाग्छ,त्यो बिषयमा धेरै बुझ्ने कोशिष गर्नु हुदैन भनि नेपाली काङ्ग्रेसले आफुसंग सरकारमा सहयात्रीको रूपमा रहेको माओवादी केन्द्रले सरकार छाड्दैन भन्ने लागेकै थियो, निर्वाचनमा सिट बाॅडफाॅड गरि लड्नुपर्छ भनि माओवादीले नेपाली काङ्ग्रेस संग ३० प्रतिशत सिट दिनुपर्छ भनि माग गर्दा नेपाली काङ्ग्रेसले २५ प्रतिशत मात्र दिन सकिन्छ भनेको आधारमा सरकारको सहयात्री दलले नेकपा एमाले संग गुप्त रूपमा वार्ता चलाई रहेको रहेछ। जब नेकपा एमालेले ४० प्रतिशत सिट लिएर चुनावी तालमेल गर्ने सहमति गर्यो, सरकारमा काङ्ग्रेससंगै रहेर निर्वाचन लड्ने अवधारणा बनाएको थियो माओवादी केन्द्रले। निर्वाचन भएको दुई महिना भित्र एकिकरण गर्ने भनि निर्वाचनमा बिगत २०७४ सालको निर्वाचनबाट दुबै दलले १७४ सिटमा बिजयी बनेपछि नेकपाका अध्यक्ष केपी शर्मा ओली सरकार प्रमुख बनेका थिए, उनले बिश्वासको मत लिदा दुई तिहाइ भन्दा बढि समर्थन प्राप्त प्रधानमन्त्री बनेको कही कतै लुकेको छैन।
प्रधानमन्त्रीका रूपमा आफ्नो दोस्रो कार्यकालमा ४१ महिना नेपालको शासनको नेतृत्व गरेका केपी शर्मा ओलीसँग कार्यकारी प्रमुखका रूपमा ”इतिहास रच्ने स्वर्णिम अवसर” भए पनि “आफू केन्द्रित राजनीतिमा रुमलिँदा त्यो गुमेको” कुरा प्रमाणित भई सकेकोछ।तर पनि त्यस पार्टीका नेता/ कार्यकर्ताहरू केपी ओलीलाई भगवान नै मानेर बसेका छन, l
हिजो २०१५ सालको निर्वाचनबाट नेपाली काङ्ग्रेसले १०९ सिट मध्ये ७४ सिटमा बिजयी बनि दुईतिहाईको सरकार बनाएको थियो। त्यो बेलाको परिस्थिति अर्को थियो,सम्बिधान बनेको थिएन,राजा महेन्द्रको प्रत्यक्ष सरकार चलाउने इच्छा थियो, स्वर्गीय बिपि कोइरालाले अठार महिनामा क्रान्तिकारी कामहरू जस्तै भूमि सम्बन्धि,राजा रजौटा उन्मुलन जस्ता धेरै क्रान्तिकारी काम गरेको महेन्द्रलाई पचेको थिएन। प्रधानमन्त्री र मन्त्रीमण्डलका सबै सदस्यहरूलाई सेनाको बलमा कु गरेर जेल हाले पछि २०१७ साल पुष १ गते पञ्चायती ब्यबस्था शुरू गरेका थिए।
दुई कम्युनिस्ट पार्टीहरूले एउटा नारा स्थापित गरेका थिए नेपाली काङ्ग्रेसले दुईतिहाईको सरकार चलाउन सकेन, पटक/पटक काङ्ग्रेसलाई नै बहुमत दिनुभयो तर सरकार चलाउन नसकेको ले हामीलाई दुईतिहाई दिनुहोस हामी पुरै पाॅच बर्ष हैन पचास बर्ष सम्म सरकार चलाएर देखाउने छौ भनि मत मागेका थिए। यो बेला तत्कालिन राजा ज्ञानेन्द्र आफ्नै शाही घोषणाबाट काम गर्न नसके पछि संसद पुनर्स्थापना गर्दै नारायणहिटीबाट बाहिरिएर नागार्जुन पुगेका थिए। जनताको छोरा/ छोरी राष्ट्रपतिमा आशिन थिए, यो समय कम्युनिस्ट पार्टीको लागि काम गर्दा असहज स्थितिको सृजना हुने कुनै कोणबाट पनि अप्ठेरो थिएन, तर पनि ४१ महिना नबित्दै संघिय सरकारबाट पनि हात धुनु पर्यो ,प्रदेश सरकारहरूबाट पनि हात धुनु परेको इतिहास बनि सकेको छ, अबका पचास बर्ष पछिका युवाहरूले पढेर लेखाजोखा गर्ने समय बनेको छ।
२०४६ सालमा प्रजातन्त्र स्थापना पश्चात पहिलो निर्वाचन २०४८, दोस्रो २०५१, तेस्रो २०५६ चौथो २०६४, पाचौं २०७०, छैठौं २०७४ मा गरि छ वोटा निर्वाचन भई सकेका छन, नेकपा एमालेले मेचिअञ्चल लालकिल्ला बनायो, तर केही गर्न सकेन मात्र हैन,त्यस पार्टीका नेता कार्यकर्ताहरूलाई आज मतदाताले सोध्ने दिन आएको छ,काहा छन राधाकृष्ण मैनाली र देबि ओझा उनीहरू एमालेको बिचारमा नै अडिक भएर बसेकाछन वा अन्यत्र गए , धर्म घिमिरे काहा छन,राम कार्की के गर्दै छन यस्को जवाफ पक्कै दिनु पर्छ, पर्दैन यो क्षेत्रमा के कस्ता देखिने काम गरे यी सबै इतिहास बनेको छ,यी पनि अवका युवा पिँढीलाई थाहा गराउने नै बिषय बनेको छ।
लाग्ला नेपाली काङ्ग्रेसका पहिलो निर्वाचनका उमेदवार स्वर्गीय चक्र बास्तोला देखि हाल सम्मका उमेदवार के गर्दै छन जिज्ञासा हुन सक्छ, चक्र बास्तोला उपबिजेता बने पनि नेपाली काङ्ग्रेसमा नै रहेर राजदूत बने मृत्य हुदा सम्म काङ्ग्रेसमा नै थिए, दोस्रो निर्वाचनका उमेदवार गोपालकुमार बस्नेत हाल राष्ट्रिय सभा सदस्यमा हालसालै भएको निर्वाचनबाट निर्वाचित भए, तेस्रो निर्वाचनका उमेदवार नरेन्द्रबिक्रम नेम्वाङ्ग मन्त्री बने ,राईसिङ्ग पुल,धुलावारी चन्द्रगढी खण्डको हडिया पुल जस्ता देखिने कामहरू गरे माओवादी द्वन्द्वका कारण गाउँघर जाने स्थिति थिएन, पुन: सम्बिधान सभाको उमेदवार उहाँलाई नै बनाईयो करिब एकहजार मतान्तरले उपबिजेतामा चित्त बुझाउनु पर्यो, पाॅचौं र छैटौं निर्वाचनमा नेपाली काङ्ग्रेस बाट हालका केन्द्रीय महामन्त्री बिश्वप्रकाश शर्मा उमेदवार बने दुबै निर्वाचनमा उपबिजेतामा नै चित्त बझाएका छन,तर बिजेता रवीन कोइराला र राम कार्कीले मतदाताले देखिने काम के गरे यो पनि सोध्ने समय आएको छ ।मतदाता आफै जागरूक हुने समय आएको छ, जहिले पनि जनतालाई ढाट्ने, फुटाउने र राज गर्ने नीति लिएको एमाले आफ्नै पार्टीमा बैगुनी केटाहरूको जन्महुदा पार्टीको स्थिति काहा देखि काहा सम्म पुगेको छ।बरिष्ठ नेताको दर्जा पाएका माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएका छन।भीम रावल ,घनश्याम भुसाल आदि नेताहरूको भविष्य अब त्यही पार्टीमा रहन्छ वा रहदैन गम्भीर बिषय बनेको छ। सबै पार्टीमा कृयशिल कार्यकर्ताहरूले मात्र मतदान गरेर बिजयी बनिदैन,आम मतदाताले मतदान गर्न जरुरी छ,त्यसैले अहिले आम नागरिक मात्र हैन कम्युनिस्टका कार्यकर्ताहरू नै बिचलित भएका छन र भन्छन अब बिश्वबाट पलाएन भएको कम्युनिस्ट बिचारमा बस्न हुदैन। माक्सबादी बिचार अनुसार जग्गा जमिन सम्पत्ति सरकारको हुने भएपछि केन्द्रले कन्ट्रोल गर्ने अर्थ नीति लोभी पापी मान्छेका लागी अफाप सिद्ध हुदो रहेछ भनेर तान्जनीयामा गएका नेपालका कृषि बैज्ञानिक मदन राई भन्छन,पहिलो बर्ष त सबैले खुशी भएर काम गरे धनि गरिब नहुने भने पछि,अर्को बर्ष देखि अल्छी लाग्न थाले पछि काम कम हुन थाल्यो,कम्युनिष्ट सरकार खासगरी माक्सवादमा माक्सवादीले देखाएको बाटो भनेको ,l
“सकेजति गर, चाहिएजति लेउ”
भने पछि श्रम गर्ने र नगर्ने बिच बराबर भएपछि काम हुन सकेन कम्युनिस्ट देशहरू धारासायी बन्दै गए र बिश्वबाट लोप हुदै आई रहेको हामी सबैलाई थाहा भएको बिषय नै हो। हाम्रो देश नेपालमा पनि नेकपा एमालेका कार्यकर्ताहरू नै भन्छन बहुमत दियो सरकार चलाउन सक्दैन, प्रतिपक्षमा बस्ने मतदान गर्यो संसद चल्न दिदैन ,त्यसैलै नेकपा एमालेलाई किन मतदान गर्ने ? प्रश्न खडा भएको छ।
त्यसैले यस क्षेत्रबाट दुई/दुई पटक उपविजेता हुदा समेत हामी बिच नै रहेर सुख दुःख ,मर्दा पर्दा,आगलागी भै घर बिग्रदा, बिरामी भै उपचार गराउदा आदिमा समेत हामीलाई सदैव साथ दिएका बिश्वप्रकाश शर्माले सेतोपाटी अनलाईन खबरमा अन्तरवार्ता दिदै भनेका छन, म मेची नदी र निन्दा नदिको मान्छे, मेरा माता पितालाई त्यही निन्दा नदिमा जलाएकोले झापा क्षेत्र नम्बर एक बाट नै उठ्नु पर्छ,l
#प्रेम उता घरजम यता कदाचित हुन्न#
भनि दिएको अन्तरवार्ता कार्यकरताहरूले पढेर थाहा पाएपछि क्षेत्र नम्बर १ का कार्यकर्ताहरू मात्र हैन सबै पार्टीका शुभचिन्तकहरूलाई हौसला पलाएको छ। अबको केही बर्षमा झापा क्षेत्र नम्वर १ ले प्रधानमन्त्री पाउने सुनौलो अवसरलाई हामीले गुमाउनु हुदैन त्यसैले हाम्रो मत नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मालाई, नेपाली काङ्ग्रेसको चुनाव चिन्ह #रूख# लाई मतदान गर्ने उदघोष गरिरहेका छन र भन्छन यो उदघोष र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको अथक प्रयास र लगनशीलताले पक्कै बिजयी बनाई सकेको आम धारणा पाउछौ।
खासगरी प्रधानमन्त्रीको घोषणा गरेर मतदानमा जादा पनि हुन्छ,तर संसदीय परम्परामा बिजयी साथीहरूबीच संसदीय दलको निर्वाचन भएपछि मात्र प्रधानमन्त्री बन्ने हुन्छ, २०५६ को निर्वाचनमा अबको प्रधानमन्त्री किसुन जी भनेर निर्वाचनमा गएको काङ्ग्रेसले बहुमत ल्याएको इतिहास छ तर पुरै समय शासन गर्न नपाएको पनि इतिहास बनेको छ भने,
भारतमा सन २०१४ को निर्वाचनमा गुजरातका मुख्यमन्त्री रहेका नरेन्द्र दामोदर दास मोदीलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर गएको भारतीय जनता पार्टीले बिजयी हासिल गर्यो,भने सन २०१९ मा समेत भारतीय जनता पार्टीले बिजयी हासिल गरि उनै प्रधानमन्त्री हुदा संसारका देशहरू मध्ये संसदीय परम्परा भएको मुलुक एवम सबैभन्दा बढि जनसंख्या भएको देश भारतमा अहिले प्रधानमन्त्रीले निर्वाचित बिधानसभा सरकारका मन्त्रीलाई र सासंदलाई किन्ने, र सरकारी संस्थाहरूको दुरुपयोग गरि बिपक्षीलाई धमक्याउने गरी सरकार आफ्नो पक्षमा बनाउने जस्ता कार्यले भारतमा नै एक प्रकारको तानाशाह प्रबृति भएको यदाकदा सुन्नमा पाईन्छ, त्यसैले त्यसो गर्न उचित या अनुचित हाम्रो देशमा बहसको बिषय बनेको छ।
त्यसैले नेपाली काङ्गग्रेसको चुनाव चिन्ह (रूख) मा मतदान गरौ बिश्वप्रकाश शर्मालाई बिजयी बनाउ भन्दै भारतीय राजनीतिको समेत बिश्लेषण गरेर सब किन लेखिएको हो भने नेपाली काङ्ग्रेस ले आफ्नो सही मार्गलाई चिन्नुपर्छ, बुझ्नु पर्छ र बिश्लेषण गर्नु पर्छ, र आगामी दिनमा स्वर्गीय बिश्वेश्वरप्रसाद प्रसाद कोइराला,गणेशमान सिंह, सुवर्ण शम्सेर,कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सम्बिधानका पिता भनेर चिनिने शुशिल कोइरालाले लिएको अडानलाई आत्मासात गर्दै अघि बढ्नु पर्छ जस्तो लाग्छ र मात्र उहाँहरूको आत्माले शान्ति पाउनेछ साथै हामीपनि सफल मानिनेछौ। हामीले बहुमत प्राप्त गर्न पनि सक्छौ र हामीले नै देशको बिकाश गर्ने हो भन्ने उदाहरण २०७४ को निर्वाचन परिणाम अनुसार प्रत्यक्ष तर्फ २३ र समानुपातिक तर्फ ४१ सिट गरि ६४ सिट जितेको काङ्ग्रेसले हाल सरकार चलाईरहेको स्थितिले पनि स्पष्ट बनाउछ भन्ने मेरो बुझाई हो। निर्वाचनपछि पनि नेपाली काङ्ग्रेसले नै सरकार चलाउने निश्चित छ। स्मरण गराउन चाहान्छु,नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनताका स्वर्गीय समाजवादी नेता प्रदीप गिरीले भन्नु भएको थियो “बिश्वप्रकाश शर्मा र गगनकुमार थापालाई महामन्त्रीमा बिजयी गराउनुहोस नेपाली काङ्ग्रेस भित्र हरियोपात पलाउनेछ” उहाँहरूदुबैले बिजयी हासिल गरिसक्नु भएकोछ आशाका किरणहरू देखा पर्दैछन गाउँ/गाउँ सङ्गठन बलियो बनाउन लागि पर्नुभएको छ। हामी सबै हिजोको दिनलाई बिर्सिएर भोलिको भविष्यका लागि एकजुट भएर अघि बढ्यौ भने मात्र लोकतन्त्रलाई सुदृढ बनाउन सकिन्छ। त्यसैले नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले सामाजिक बनेर समाज र देशको बिकाशका लागि एकजुट भएर अघाडि बढ्नैपर्छ। यो किसिमको प्रेरणा प्राप्त होस नेता जी हरूलाई र सबै साथीहरूलाई शुभकामना। सानो मुख ठूलो खुराक नभनिदिन का लागि शुभेच्छुकहरूलाई अनुरोध गर्दै बिश्राम लिन्छु(जयनेपाल)
नारायणबहादुर बस्नेत
मेचिनगर:-८ झापा मेचिअंञ्चल