अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको चर्चासँगै सेयर बजारमा हरियाली छाएको छ । माओवादी केन्द्रको नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको रुपमा पौडेलको नाम चर्चामा आएएपछि सेयर बजारमा एकाउक चमक आउको हो ।
दिउँसो नेप्से ४५.४८ अंकले वृद्धि भइ १९१२ विन्दुमा पुगेको छ।सेन्सेटिभ इण्डेक्स ५.६१ अंकले बढेर ३७२.६७ विन्दुमा पुगेको छ। यस अवधिमा कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ। त्यस्तै २३६ कम्पनीको २१ लाख ६२ हजार ७२२ कित्ता सेयर ८५ करोड ९४ लाख ७१ हजार ९८३ रुपैयाँको सेयर कारोबार भएको छ। अर्थमन्त्रीको रुपमा पौडेलको नाम चर्चामा आएपछि लगानी कर्ता पनि उत्साहित भएका छन् ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1