हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अर्थमन्त्री खतिवडालाई ‘सिंहदरबारको ढोका बन्द

अर्थमन्त्री डा। युवराज खतिवडा सङ्घीय संसदबाट बिदा हुने भएका छन् । राष्ट्रियसभा सदस्यका रुपमा उनको कार्यकाल फागुन २० गते सकिँदैछ ।

Advertisement

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने गरी राष्ट्रियसभाको रिक्त एक पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने भएपछि अर्थमन्त्री खतिवडाले राष्ट्रिय सदस्य पदमा निरन्तरता नपाउने भएका हुन् ।बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको हो ।

Advertisement

खतिवडा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित कोटामा परेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा खतिवडालाई विज्ञका रुपमा राष्ट्रियसभामा मनोनित गरिएको थियो । आफ्नो नेतृत्वको सरकार गठन भएलगत्तै प्रधानमन्त्री ओलीले उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए ।

राष्ट्रियसभा सदस्यका लागि संक्रमणकालीन व्यवस्था अन्तर्गत भएको ‘चिठ्ठा प्रणाली’ मा खतिवडाको कार्यकाल दुई वर्षे कोटामा परेको थियो । सोही अनुसार राष्ट्रियसभा सदस्यका रुपमा फागुन २० गते उनको दुई वर्षे कार्यकाल पूरा हुन्छ ।संविधानअनुसार राष्ट्रिय सभा सदस्यमध्ये प्रत्येक दुई वर्षमा एक तिहाई सदस्यको कार्यकाल समाप्त हुन्छ ।

मन्त्रिपरिषदमा सामेल हुन संघीय संसदको सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । यद्यपि संघीय संसदमा नरहे पनि मन्त्रिपरिषदमा सामेल हुन बाटो बन्द भने छैन । तर मन्त्री पदमा नियुक्त भएको ६ महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्ने व्यवस्था संविधानले तोकेको छ ।

उक्त प्रावधानअनुसार अर्थमन्त्री खतिवडाले राष्ट्रिय सभा सदस्य नरहे पनि आगामी ६ महिनासम्म सरकारबाट बाहिरिनु पर्ने छैन । संविधानको सोही व्यवस्थालाई उपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री खतिवडालाई आगामी आर्थिक वर्षको बजेट घोषणासम्म निरन्तरता दिन सक्नेछन् ।

यद्यपि त्यसपछि उनी सिंहदरबारबाट बाहिरिने निश्चित हुँदा खतिवडाको उत्तराधिकारी को बन्ला भन्नेमा चासो बढ्न थालेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)