उत्पादनशीलता र उत्पादनशील औजार मानिसको रोजाइ

समीर न्यौपाने । मानिस भौतिक रुपमा सामाजिक प्राणी हो । उ समाजमा जसरी भएनी बाच्न चाहन्छ । मानिसको चासो वर्ग चिन्तन प्रति हुन्छ । समाजमा वर्ग विभाजन पहिचान गर्न औधी गाह्रो हुन्छ ।

त्यसो त मध्यम स्तर, सामान्य स्तर र अभिजात गरी सामाजिक वर्गलाई खास छुट्टाइएको छ । मन्त्री, हाकिम, प्रशासन संयन्त्र, डाक्टर, शिक्षक, विद्यार्थी, इन्जिनियर, वकिल, सचिव, पत्रकार, सरकारी कर्मचारी, धनाढ्य व्यापारी, श्रमिक, मजदुर आदी सवैको वर्ग पहिचान गर्न गाह्रो परे पनि जनजिविकाको सवालमा वर्ग अन्तरनिहित हुन्छ ।

खास मानिस एउटै काम गर्न पोख्त हुन्छ । दुई वा तिन काम गर्न मान्छे अक्षम हुने भन्ने होइन तर काम परल हुन्छ । मानिसलाई मानसिक दवाव हुन्छ भन्ने हो फरक फरक काम एकै चोटी गर्दा ।

कामको विभाजनले मानिसलाई समाजमा श्रमवद्व बनाएको देखिन्छ । समाज एक किसिमको चिन्तन हो मानिस के गर्दैछ त्यस प्रतिको चिन्तन । समाजवाद भनेको पनि खास त्यस्तै हो । समाज वस्तुवादी छ । मानिस र सामान दुई फरक बुझाइ हो । खास संज्ञानात्मक चिन्तन, आवेग र प्रवेग, मनोवाद सवै चिन्तन हुन । मानिसले औजार सम्वन्धि दिनै पछिको काम गर्दा गर्दै चलेका दैनिक चिन्तन ।

मानिस चेत हुन कामको अवसरको खोजी हुनुपर्छ । त्यसले उ प्रतिको अचेत मनमा जिज्ञासा खोजी दिन्छ अनि मात्र उसले हरियो वा कालो भन्ने भावको मूल्याङ्कन गर्छ । मानिसका आवाज सुन्न उ प्रफुल्लित हुन्छ र उसमा रहेको चिन्तन महसुस हुन्छ ।

भौतिक समाजवादले मानिसमा रहेको अचेतन मनमा सामान प्रतिको मोहको कारण भौतिक संसारमा अचेतन मनलाई सचेत महत्वका साथ प्रतिविम्वत गर्छ र सर्वहरावर्ग तर्फ नैतिक जिम्मेवारी जाहेर गर्दछ । सर्वहरावर्गलाई कामको भोग ते¥स्याउँछ ।
ऐतिहासिक समाजवादमा मानिसको दिगो जिवन संघर्षको हो र सर्वहारा नेतृत्व प्रणाली र वुर्जुवातन्त्र एक सिक्काका दुई पाटो भएको कारण सधैं टकराव हुनाले जिवन संघर्षमय हुने बताइन्छ ।

उत्पादनशीलता र उत्पादनशील औजार मानिसको रोजाइमात्र भएको खासमा शासन माथिको एकाधिकारको नेतृत्व प्रतिकामी वैज्ञानिक सार्गभभूत लोकतान्त्रिक हुनुपर्नेमा जोड दिएको छ ।

मानव जिवनको त्याग संघर्ष नै हो । उसको फल पेसा प्रतिको समर्पण हो । मानिस एक राजनीतिक प्राणी पनि हो । राजनीतिक चिन्तन उसको जीवनमा भोग्दै आएका राजनीतिक संरचनात्मक परिपाटी हो । मानिस यसै दल सँग आवद्व हुनै पर्ने भन्ने जोड छैन । मानिसको मनोभाव त्यसै अनुसार बद्लिदो हुनु स्वभाविक हुन्छ । स्थानिय रुपमा सरकारको प्रतिविम्व भने तामझामकै हुन्छ ।

घर, विद्यालय, अस्पताल, कार्यालय परिवार र स्वयं व्यक्ति विशेष नै समाजवादका अंग हुन ।

एक मानिस हरेक कार्यालयको अंग वन्न सक्छ । मानिस कार्यगत रुपमा असवल हुँदा दिर्घरोगी बन्न सक्छ । काम गर्दा गर्दै एकान्तपन उसलाई मनपर्ने हुन्छ । पोषणयुक्त खाजाको अभाव, उचित औषधि उपचारको अभावमा उ विभिन्न विकारको संक्रमण हुनसक्छ यसलाई एनोमी भन्निछ ।

सामानको पैठारी त्यसै हुँदैन । त्यसलाई आवश्यक स्रोत चाहिन्छ विना एजेन्सी कुनै काम नहुने भन्न खोजिएको हो । यस किसिमका एजेन्सीबाट मात्र मोलतोल हुन्छ । त्यसो त विचौलीया पनि श्रेयकर हुन्छन् ।

समानको उत्पादन बढि भएमा क्रय शक्ति निर्धारित हुन्छ । सामानको निर्माण मजदुरले गर्ने परिपाटी छ । विभिन्न फेक्ट्रीमा सामान वनावट गरी वितरण गर्न त्यस सामानको वट्टा वा खोल निर्माण गर्न अर्को पेपर फ्याक्ट्रीमा अर्डर गरिन्छ ।
निर्धारीत खर्चपछि कम्पनीले सामानको परल मूल्य निर्धारण गर्छ ।

सामान उत्पादन गर्न लागेका आवश्यक तत्व पोषण, चिजविज, श्रमिकहरुको पारिश्रमिक, कलकारखानाको उत्पादन समय, प्राविधि, ढुवानी, विचौलिया, सामान गोदाउनमा थन्काउने प्रकृया, बजारिकरण र ग्राहकको रोजाइ अनुसार उपभोग्य वस्तुको मूल्य निर्धारण हुन्छ ।

विकसित देशले विश्व व्यापार सन्धी मार्फत मुद्रा अविकसित देश हरुसँग असुल्छन् । काम भरणको लागि दक्ष जनशक्तिको माग पनि बढ्दो उतै तर्फ हावी हुन्छ ।
कच्चा पदार्थ भलै संसारका गरिब देशमा होस मिसिन र टेक्नोलोजीको जोगाड विकसित देशमा हुन्छ । अलि कम विकसित देशहरु विकसित देशको गुनासो अनुसार काम गर्न लालायित हुन्छन् । उनीहरुको काम गरिब देशहरुसँग कामको मिलोमितो गर्नु हो । अन्यारो ठाउँमा भएका बहु उद्वेश्यिय उद्योगहरुको सञ्चालन वा रेखदेख गर्नु हो ।

नेपाल जस्ता कम विकसित देशको लागि हामी दिनहुँ बहुउद्वेश्यि देशका मालसामान उपभोग्य गर्न सक्दैनौं । किनकी हाम्रो क्रय शक्ति नै कम रहेको छ । दिनौपिच्छे कोक, फ्याण्टा र स्प्राइट हाम्रो रोजाइ भन्दा हामी चियाका पारिखदार हुन्छौं । कुनै योजना वन्दा यहाँका राजनीतिक दलहरुको हालिमुहाली जोडदार रुपमा सुनिन्छ । त्यसो हुनुमा कार्यनीतिक तहमा हाम्रा आफ्नै अनुभव र अल्प बुझाइ हो । अल्पविकसित देशहरुको समाजवादी व्याख्याको रुपमा ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार